रामेछाप, १६ मंसिर । रामेछाप जिल्लामा स्थानीय तहको सीमाङ्कन र केन्द्र निर्धाणको विषयमा जिल्लाका राजनीतिक दल र जिल्ला प्रविधिक समितिले तयार गरेको खाकाको विरोध अझै जारी रहेको छ ।
जिल्लाको स्थानीय तह निर्धारणमा आयोगमा उजुरी तथा गुनासो दर्ता भएको भन्दै आयोगले त्यसलाई सच्याएर पठाउन जिल्लामा फिर्ता पठाउदा सम्म बिरोधका कार्यक्रमहरु जारी रहेको छ ।
स्थानीय तहपुर्नसंरचना प्राविधिक समिती रामेछाप र जिल्लाका राजनैतिकदलहरुले गरेको निर्णयको विरोधमा सरोकारवाला निकायलाई विरोधपत्र बुझाउने क्रम जारी छ । जिल्लामा भएको स्थानीय तहको सीमाङ्कन र केन्द्र निर्धाणको शिफारिस विरुद्धमा तिल्पुङ गाविसका सर्वसाधारण पनि आन्दोलित भएका छन् ।
उनीहरुले तिल्पुङ गाविसलाई नटुक्राई मन्थली नगरपालीकामा समाबेस गर्नुपर्ने माग राख्दै सदरमुकाम मन्थलीमा बुधबार बिसाल ¥याली निकाली स्थानीय तहपुनर्संरचना प्राविधिक समिति रामेछापका संयोजक एवं स्थानीय विकास अधिकारी दिनेशराज पन्तलाई हस्ताक्षर सहितको ज्ञापनपत्र पनी बुझाएका छन् ।
यसअघि रामेछापलाई दुई नगरपालिका र ६ गाउँपालिका बनाउने प्रस्ताव सहित स्थानीय तहको खाका स्थानीय तह पुनसंरचना आयोगमा पठाएको थियो । तर प्रस्तावित खाकामा असन्तुष्टि जनाउदै बिभिन्न गाविसका नागरिकले विरोध सहित आयोगमा गुनासो दर्ता गराए पछि आयोगले हेरफेरका लागी प्रतिवेदन जिल्ला फिर्ता पठाएको छ ।
यसैबिच स्थानीय तहपुर्नसंरचना प्राविधिक समिती रामेछापका संयोजक एवं स्थानिय विकास अधिकारी दिनेशराज पन्तले हेरफेरका लागी जिल्ला पठाएको स्थानिय तह पुर्नसंचनाको प्रतिवेदन बिहिबार सम्म सहमती हुन सक्ने बताउनुभएको छ ।
उहाँले दलहरु आन्तरिक छलफलमा ब्यस्त भएका कारण सर्वदलिय बैठक बस्न नसकेकाले बुधबार पठाउने भनिएको प्रतिवेदन पठाउन नसकिएको बताउनुभयो ।
उहाँले सकेसम्म जनताको गुनासोहरुको संबोधन गरेर सहमतीको प्रयास गर्ने बताउनुभयो । यदि सहमतीको बाताबरण बन्न नसके यसअघि पठाएको स्थानिय पुर्नसंरचनालाई कायम राखी जनताको गुनासोलाई जस्ताको तस्तै आयोगमा पठाउने बताउनुभयो ।












प्रतिक्रिया