१९ कार्तिक २०८३, बिहिबार

रुपन्देहीका जग्गा अधिग्रहण पीडितहरु आन्दोलित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goutam-buddha-intl-airport-8– रबिन्द्र प्रताप गुप्ता

भैरहवा, १६ मंसिर । सरकारले पटक पटक जग्गा अधिग्रहण गरेर आफूहरुलाई विस्थापित गरेको भन्दै गौतमबुद्ध विमानस्थल जग्गा अधिग्रहण पडितहरु आन्दोलित भएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जग्गा अधिग्रहण पीडित सरोकार समितिले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी सरकारले आफुहरुको उठिबास लगाउन लागेको भन्दै आफूहरुको सहमतिविना गरिएको अधिग्रहण मान्य नहुने बताए ।

सरोकार समितिका अध्यक्ष रमेश अग्रवालले सरकारले पटक पटक जग्गा अधिग्रहण गरेर जनतालाई त्रसित पारेको भन्दै अन्य मूलुकको प्रचलन जस्तै प्रचलित मूल्यको दशगुणा मुआब्जा रकम उपलब्ध गराउन सरकारसँग माग गरे । समितिका विषेश सल्लाहकार सन्तोष पाण्डेले सकेसम्म घना वस्तिलाई विस्थापित नगर्न सरकारसँग आग्रह गरे ।

सरकारले पछिल्लो पटक फेरी ४ सय २८ विगाहा जग्गा अधिग्रहण गर्ने सूचना प्रकाशित गरेको भन्दै पिडित लक्ष्मी रायमाझीले आफुहरुकोे जग्गा पटक पटक गरी तेस्रो पटक अधिग्रहणमा परेको तर सरकारले झुक्याउँदै आएको गुनासो गर्नुभयो । उनीहरुले सरकारले दिने भनिएको मुआब्जा पनि पारदर्शी हुनुपर्ने माग गरे ।

सरकारले पछिल्लोपटक गर्न लागेको अधिग्रहणमा मायादेवि चोक देखि पश्चिम तिनाउ खोला सम्म र बनगाई देखि मर्चवार जाने बाटोको दायाँ बायाँ सडकमा पर्ने दुर्गा कलौनी, कचरिहवा, शंकरपुर, धरमपुर, दोगहरी, बैरिहवा, भुजौलि, लहटरवा, कोमरवा लगायतका घनावस्तीहरु पर्दछन् ।

सरकारले सुरुमा १ सय ४० विगाहा, दोस्रो पटक, २ सय ८८ विगाहा र तेस्रो पटक ४ सय २८ विगाहा गरि तीन पटक सम्म निजि जग्गा अधिग्रहण गरिसकेको छ ।