स्याङ्जा, १६ मंसिर । स्थानीय तह पुनःसंरचनालाई लिएर स्याङ्जाका विभिन्न नगर र गाउँपालिकाका स्थानीय आन्दोलित भएका छन् । स्थानीय आन्दोलित भएपछि ठूला राजनीतिक दलका नेताहरु व्यक्तिगत स्वार्थमा लिप्त हुँदै राजनैतिक दाऊमा केन्द्रित हुन थालेका छन् ।
स्याङ्जालाई ५ नगर र ६ गाउ“पालिका बनाउने प्राबिधिक समितिको सिफारिससँगै स्थानीय आन्दोलित भएका हुन् । आफ्नो दल अनुकुल नभएका नगर तथा गाउँका स्थानीयलाई ठूला दलका नेताहरुले आन्दोलनमा उत्रन लगाएका छन् । समग्र समस्याको निकासतर्फभन्दा काँग्रेस र एमालेका नेता व्यक्तिगत स्वार्थ पूरा गर्न आन्दोलन उन्मुख छन् ।
स्थानीय प्राबिधिक समितिले सिफारिस गरे अनुरुप बनेका केन्द्रमा विगतको निर्वाचनलाई आधार मान्ने हो भने, भीरकोट र चापाकोट नगर काँग्रेस बाहुल्यता देखिन्छ । आफ्नो बाहुल्यता भएपछि त्यस नगरमा काँग्रेस शान्त छ भने एमालेले सामान्य असन्तुष्टि देखाएपनि त्यसले आन्दोलनको रुप लिन सकेको छैन् ।
वालिङ् र गल्याङ् नगरमा एमालेले आफ्नो मतदाता पकड क्षेत्र समाबेश गरेको भन्दै स्थानीयलाई शान्त रहन आग्रह गर्दै आएको छ । मतदाताको संख्यामै कमजोर ठानेको कांग्रेसले आन्दोलित हुने आँट गरेको छैन् । ५ नगर मध्ये पुतलीबजार नगरमा भने एमालेभित्र विवाद चुलिदै गएको छ । एमालेभित्रको विवादमा कांग्रेस रमिते बनेको छ ।
“राङ्भाङ् गाविसका केहि वडा पुतलीबजार र केहि बिरुवा अर्चले गाउँमा समाबेश गरेर सिफारिस गरेसँगै स्थानीय आन्दोलित छन् ।” एमालेका एक नेताले भने, “एमाले बाहुल्य रहेको राङ्भाङ्लाई बिरुवा अर्चले गाउँमा समाबेश गरिराख्न सांसद टेकु नेपालीले लबिङ् गर्दै आएकी छन् ।” सांसद नेपालीको जोडकै कारण राङ्भाङ्मा जारी आन्दोलन कमजोर बनाउने षडयन्त्र भएको उनले बताए ।












प्रतिक्रिया