३ कार्तिक २०८३, मंगलबार

विवादित विषयहरुमा सहमति जुटाउन थप छलफल आवश्यकः सम्वाद समिति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattaraiकाठमाडौ, २१ भदौ । संविधानका मूख्य विवादित विषयहरुमा सहमति जुटाउने अन्तिम प्रयासमा दलहरु लागि रहेका बेला संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले भने टुङ्गो लाग्न बाँकी विषयमा थप छलफल आवश्यक रहेको सुझावसहित संविधानसभालाई प्रतिवेदन बुझाउने भएको छ ।

सिंहदरवारमा शनिबार बसेको समितिको बैठकले त्यस्तो प्रतिवेदन प्रतिवेदन बुझाउने निर्णय गरेको हो ।

बैठकमा सभापति डा. बाबुराम भट्टराईले माघ ८ गते संविधान जारी गर्न प्रतिवद्ध रही टुङ्गो लाग्न बाँकी रहेको विषयमा थप छलफल गर्न आवश्यक रहेको सुझाव सहित प्रतिवेदन बुझाउने प्रस्ताव गर्नुभएको थियो ।

कांग्रेस र एमाले कार्यतालिका संशोधन नगर्ने र एमाओवादी कार्यतालिका परिर्वतन गरेर भएपनि सहमति खोज्नु पर्ने अडानमा रहिरहेका बेला उक्त समितिले यस्तो प्रतिवेदन बुझाउँन लागेको हो ।