१९ कार्तिक २०८३, बिहिबार

‘प्रचण्डजी संविधान संशोधन मुलुकलाई गृहयुद्धमा लैजानको लागि हो कि ?’

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dilnath-giri

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीले आफ्नो पार्टीसँग कुनै छलफल नै नगरी संविधान संशोधन प्रस्ताव ल्याएको जिकिर गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संशोधन विद्येयक आएसँगै राजनीति तरँगित बनेको समेत स्पष्ट पारे ।

गिरीले भने, ‘यो सरकारको तेस्रो घटकको रुपमा रहेको हाम्रो पार्टीसँग संविधान संशोधनबारे सल्लाह र सुझाव लिएन् ।’ उनले तराई र पहाडलाई अलग बनाउनेगरि संशोधन प्रस्ताव आउनु दुर्भाग्य भएको टिप्पणी गरे । उनले अघि थपे,‘धोती र टोपीको नारा अब लगाउनुहुँदैन् ।’

गिरीले अहिलेको संशोधन प्रस्ताव के को लागि भनेर आफूहरुले अहिलेसम्म बुझ्न नसकेको भन्दै थपे, ‘मुलुकलाई गृहयुद्धमा लैजानको लागि हो कि ? वा समस्याको समाधानको लागि हो, मैले बुझ्न सकेको छैन् ।’ उनले राष्ट्र र राष्ट्रियतामाथि अहित हुने कुराको विपक्षमा राप्रपा उभिने बताए ।

तपाईको पार्टीको राष्ट्रिय अध्यक्षले त सरकारले ल्याएको संशोधन प्रस्तावको समर्थन गरेर अघि बढ्ने बताउनुभएको छ नि भनेर पत्रकारले राखेको जिज्ञासामा उनले भने, ‘उहाँ हाम्रो राष्ट्रिय अध्यक्ष हो नि, उहाँलाई बोल्ने छुट छ ।’