१९ कार्तिक २०८३, बिहिबार

मधेसी मोर्चाको बैठक जारी, प्रचण्डलाई झट्का लाग्ने निर्णय आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha_Meeting

काठमाडौं, १५ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक जारी छ ।

विजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बसिरहेको बैठकमा सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावबारे छलफल भइरहेको र अस्वीकार गर्ने निर्णय हुने नेता मनिष सूमनले जानकारी दिए ।

‘सरकारले ल्याएको संशोधन प्रस्तावले आन्दोलनरत पक्षको माग सम्बोधन नगर्ने निष्कर्ष बैठकले निकालेको छ । यसलाई अस्वीकार गर्ने निर्णय हुन्छ,’ सूमनले भने ।

बैठकमा चार शीर्ष नेता उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्रराय यादवसहित दोस्रो तहका नेताहरु सहभागी छन् ।