४ मंसिर २०८३, शुक्रबार

संविधान संशोधन प्रस्तावको विरोध भएपछि प्रधानमन्त्रीले बोलाए तीन दलको बैठक

19.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको तीन दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भर्खरै सुरु भएको बैठकमा सरकारले मंगलबार राति संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संविधान संशोधन प्रस्तावमा साँझा धारणा बनाउन र सबैको समर्थन जुटाउन बैठक बोलाइएको हो । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई संशोधनका पक्षमा ल्याउन प्रयास गरिनेछ ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित भएपनि एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका कारण सहभागी भएनन् ।

सिंहदरबारमा जारी बैठकमा एमालेका अन्य नेताहरु सहभागी छन् ।