१९ कार्तिक २०८३, बिहिबार

पुर्ख्यौली खोज्न मगर अगुवा पुगे बल्ढेङगढी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

balldhegnagidi

– नरेश केसी

बल्ढेङगढी पाल्पा, १५ मंसिर । पछिल्लो समय मुलुकमा जातिय ऐतिहासीकताको बारेमा चर्चा परिचर्चा हुनेगरेको छ । मगर समुदाय आदीवासी जनजाति भित्रको पहाडी क्षेत्रमा बाहूल्य बसोबास रहेको सोझो र इमान्दार समुदाय हो ।

त्यहिं समुदायका अगुवाहरु आफ्नो थलोको बारेमा सोधी खोजी गर्दै सोमबार मगरहरुको प्राचिन राजधानि पाल्पाको बल्ढेङगढी पुगेको छ । तानसेन सदरमुकामदेखि ५० कि.मि पश्चिम दक्षिण र रुपन्देहीको सालझण्डी देखि १५ कि.मि. उत्तरमा पर्ने उक्त क्षेत्रको ऐतिहासीक दरबार बल्ढेङगढीमा भेला भई मगर अगुवाहरुले त्यस क्षेत्रको संरक्षण र सम्बद्र्धनमा एकताभई लाग्ने प्रतिबद्धता समेत गरेका छन ।

बल्ढेङगढी क्षेत्र विकास समितीको पहलमा भएको उक्त कार्यक्रममा हङकङमा बसोबास गर्ने आदीबासी जनजाति नेता एमबि दर्लामी मगरले आफ्नो जातिको प्राचिन थलोको संरक्षणकोलागी आफुले नेतृत्व लिएर काम गर्ने प्रतिबद्धता जनाए । आदीबासी जनजाति महासंघ हङकङका अध्यक्ष समेत रहेका दर्लामी मगरले भने ‘बल्ढेङगढीको संरक्षण, संबद्र्धन र प्रबद्र्धनमा हामी आजै देखी लाग्छौं । किनकी यो हाम्रो पुर्खाको विरासत बोकेको ठाऊ हो ।’

सोही कार्यक्रममा इतिहासबीद विजय सागरले मगरातहरुको राजधानिको रुपमा रहेको बल्ढेङगढीको ऐतिहासीक र सास्कृतिक मह्त्वको बारेमा प्रस्टाएका थिए । ईतिहासवीद सागरले ‘विक्रमको १४५० देखी १८०९ सम्म बलिहाङ राना मगर र उनका सन्ततीले हालको पोखरा देखी भारतको गोरखपुर सम्म शासन गरेका थिए ।’

सोही अवसरमा सिद्धार्थ यातयात व्यवसायी समितीका अध्यक्ष सूर्य कुमार सारु मगरले मगरहरुको राजधानी बल्ढेङगढी तराईदेखी जम्मा १५ किलोमिटरको दूरीमा भएता पनि अहिले सम्म यातयात व्यवस्था नहुदां त्यस क्षेत्रका जनताले भोग्नु परेको सास्ती प्रति दुख व्यक्त गर्दै नियमक निकाय संग समन्वय गरी तत्काल त्यस क्षेत्रमा नियमित यातयात आवगमनको व्यवस्था गर्ने बताए ।

बल्ढेङगढी दरबार परिसरमा भएको उक्त कार्यक्रममा सिद्धार्थ एशोसियसन अफ ट्राभल एण्ड टुर एजेन्ट साट्टा का अध्यक्ष चन्द्र बहादुर थापा मगरले लुम्बिनी र बल्ढेङगढीलाई जोडेर पर्यटन विकास गर्दै विश्वभरीका लुम्बिनी आउने पर्यटकलाई बल्ढेङगढीमा ल्याउन साट्टाले भूमिका खेल्ने जनाए ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टिका केन्द्रिय उपमहासचिव टोप अस्लामीले आदीबासी जनजातिको ईतिहास बोकेको बल्ढेङगढीको विकास, संरक्षण र प्रबद्र्धनमा अगुवाई गर्ने जनाए । कार्यक्रममा एमाले नेता भरत कुमार पोखरेलले नेपालको समृद्धिको आधार पर्यटन व्यपार भएकोले बल्ढेङगढीको पर्यटन प्रबद्र्धन गर्दै अगाडी गएमा सो क्षेत्र मात्र नभए सिंगो लुम्बिनी समृद्ध बन्ने संभावना केलाए ।

balldhegnagidi-drwar-area

उक्त कार्यक्रममा बलिहाङगढी क्षेत्र विकास समितीका अध्यक्ष कमल रायमाझीले मगरहरुको एैतिहासीक सम्पदा बल्ढेङगढीको संरक्षण गर्नु तत्कालकोलागी जरुरी रहेकोले सबै संग सहयोगको अपेक्षा व्यक्त गर्दै विदेशमा रहेर पनि आफ्नो समुदायको राजधानीको बारेमा चासो व्यक्त आउने महानुभावलाई धन्यावाद समेत दिए ।

उक्त कार्यक्रममा मगर संघ हङकङका पुर्व अध्यक्ष हुम थापा मगर, लुम्बिनी मन्च हङकङका पुरन खड्का, आदीबासी जनजाति महासंघ पाल्पाका अध्यक्ष केहर सिंह राना , नेपाल मगर संघ केन्द्रिय सदस्य गम सारु मगर, मगर संघ पाल्पाका अध्यक्ष बलबहादुर थापामगर, राष्ट्रिय युवा मोर्चाका केन्द्रिय उपाध्यक्ष ममता बुढामगर, स्थानियहरु सुमित्रा रास्कोटी, तुला रास्कोटी, राजु राना , रेशम रायमाझी समेतले सो क्षेत्रको सम्बद्र्धनमा एक भएर लाग्ने प्रतिबद्धता जनाएका थिए । बल्ढेङगढी ऐतिहासीक हिसाबले अत्यन्तै महत्वपुर्ण ठाऊ भएता पनि राज्यको उदासीनताको कारण संरक्षण हुन सकेको छैन । तथापी पछिल्लो केही वर्ष यता चर्चामा आउने थालेको हो ।

ऐतिहासीक दस्ताबेजले पनि बल्ढेङगढी मगर राजाको प्राचिन राजधानी भएकोले यसका संरक्षण आवश्यक रहेको देखाएको छ । संसारमा हिमाल र लुम्बिनी एकै साथ देख्न सकिने उक्त क्षेत्रको पर्यटकीय र ऐतिहासिक सास्कृतिक महत्वलाई संकेत गरेको छ।

उक्त क्षेत्रको हावापानिको दृष्टिले पनि अत्यन्तै अब्बल छ । मगरजातिको बाहूल्य बसोबास रहेको उक्त क्षेत्र ग्रामिण पर्यटनकोलागी मह्त्वपुर्ण रहेको देखिन्छ ।

सो क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटकहरु पनि जान थालेका छन् भने मगर जातिका अगुवाहरुले आफ्नो प्राचिन राजधानीको बारेमा पनि चासो व्यक्त गर्न थालेका छन् ।

उक्त क्षेत्रको ऐतिहासीक र पर्यटकीय महत्वको बारेमा पहिलोपटक कोरियन प्राध्यापक क्वाक युन हुनले विगत अढाई वर्ष अगाडी चासो राखी सो क्षेत्रको स्थलगत अवलोकन गरेपछि सबैले चासो व्यक्त गर्न थालेका हुन् ।

विक्रमको चौधौ सताब्दीदेखी करिब ४ सय वर्ष सम्म मगरातको राजधानीको रुपमा रहेको हालको बल्ढेङगढी क्षेत्रमा अहिले पनि बलिहाङ राजाको राजदरबारको अवशेष देख्न पाइन्छ । देउसी भैलोको उद्भव समेत सोही क्षेत्रबाट भएको ठानीने उक्त क्षेत्रबाट बलिहान राना मगरले हालको पोखरा देखी हालको भारतको गोरखपुर सम्म शासन गरेका थिए ।