१९ कार्तिक २०८३, बिहिबार

भारतमा रोजगारी गर्न गएका सुदूरका लाहुरे हराए

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

job-for-india

महेन्द्रनगर, १५ मंसिर । नेपालमा रोजगारीका प्रसस्त सम्भावना कम भएका कारण पेट पाल्नका लागि भारतमा रोजगारी गर्न गएका सुदूरका अधिकांश हराएका छन् ।

सरकारी एकिन तथ्याङ्क नभएपनि हालै गरिएको एक अध्ययनले सुदूरका सयौँ नागरिक भारतमा हराएका छन् । निड्स नेपाल कञ्चनपुरले भारतमुखी आप्रवासन सम्बन्धी गरेको अध्ययनले सुदूरका तीन जिल्लाका १ सय ४१ जना भारतमा हराएका छन् ।

निड्स नेपालले आप्रवासमा गएका परिवारसित प्रत्यक्ष रुपमा भेटघाट गरेर उक्त तथ्याङ्क बाहिर ल्याएको हो । अछामको साफेबगर नगरपालिकाका २२, डोटीका ११ गाविकास ९९ र कञ्चनपुरको बेदकोट र भीमदत्त नगरपालिका बाट २० गरि १ सय ४१ जना नेपालीहरु भारतमा हराएका छन् । ‘उनीहरु सबै भारतमा रोजगारीका लागि गएका थिए । तर हालसम्म उनीहरु परिवारको सम्पर्कमा आएका छैनन् ।’ निड्स नेपालका कार्यक्र्म व्यवस्थापक प्रकाश मडैले भने ‘हामीले उनीहरुको परिवारसंग प्रत्यक्ष कुराकानी गरेका छौँ ।’ उनीहरु पाँच बर्षदेखि २०बर्षसम्म सम्पर्क परिवारको बिहिन छन् ।

अछाम, डोटी र कञ्चनपुरका उक्त गाविस नगरमा गरिएको अध्ययन अनुसार ८० प्रतिशत घरधुरीबाट ६३ प्रतिशत काम गर्ने उमेर समुहका पुरुषहरु भारत जाने गरेका छन् । निड्स नेपालको सहयोगमा ४० प्रतिशत भारतमा रोजगारमा रहेका व्यक्तिहरुको नाममा बैंकमा खाता खोल्ने काम भएको समेत मडैले बताए । उनका अनुसार ६० प्रतिशत संग खाता नभएका कारण उनीहरुको विप्रषण जोखिममा छ । भारतमा रोजगारी गर्न गएर हराएका परिवारको अवस्था समेत काहालीलाग्दो भएको समेत निड्सका कार्यक्रम व्यवस्थापक मडैको भनाई छ ।

कार्यक्रम व्यवस्थापक मडैका अनुसार आप्रवासी परिवारहरुको सुरक्षाका लागि उनीहरुलाई समुहमा संगठित गरिएको छ । क्षमता विकास र परिचालन मार्फत बचत गर्न, विप्रेषणले लगानी मैत्री बनाउन वित्तिय साक्षरता दिने, जिवन बिमा गराईएको छ । एक बर्षको अवधिकमा २ सयले बैंक खाता खोलेर बैंक मार्फत कारोबार गरिरहेका छन् । सुदूरपश्चिमेलीहरुको वैदेशिक रोजगारको मुख्य केन्द्र भारत हो ।

पुस्तौँदेखि सुदूरपश्चिमेलीहरु रोजगारीका लागि भारत जाने गरेका छन् । भारतमा रोजगार गर्नेहरु मध्ये कतिको धेरै राम्रो पनि छ, भने कतिको बेहाल छ, कतिपय त सम्पर्क बिहिन हराएका नै छन् ।

तर भारतमा रोजगारी गर्न लगाएका सुदूरका लाहुरे कति हराएका छन्, कति गायब छन् उनीहरुको के अवस्था भन्ने बारे सरकार संग पनि ठोस तथ्याङ्ग छैन् । सन १९५० को नेपाल भारत मैत्री सन्धीको आधारमा दुवै देशका नागरिक बिना रोकटोक नेपाल–भारत ओहोरदोहोरका साथै सम्पत्ती व्यवसायिक अधिकार प्रयोग गर्दै आएका छन् ।

एक देशबाट अर्को देश जानका लागि कुनै भिसा, प्रमाण नचाहिने र निर्वाद रुपमा नेपालीहरु भारत र भारतीयहरु नेपालमा आएर रोजगार गरिरहेका छन् । भारतीय भन्दा पनि सुदूरका सोझा, साझा नेपालीहरु भारतमा अलपत्र या उनीहरु भारत गएदेखि परिवारको सम्पर्कमा समेत आएका छैनन् । रोजगारी गर्न भारत गएका परिवारले आफन्तको बारेमा अझैसम्म केही जानकारी समेत पाएका छैनन् ।

जिल्ला परिष्द डोटीले आर्थिक बर्ष २०७३÷०७४ को परिष्दबाट एक नगरपालिका सहित ५० गाविसबाट भारत जानेहरुको तथ्याङ्ग राख्ने निर्णय समेत गरेको छ । भने भूमिराजमाण्डौँले १८ हजार बजेट समेत विनियोजन गरेको छ । भारतमा रोजगार गर्न जानेहरुको तथ्याङ्क अध्यावधिक गर्नुपर्नेमा सरोकारवालाहरुले जोडसमेत दिएका छन् । भारतीय रोजगारलाई समेत सम्मानित र सुरक्षित बनाउनुपर्ने आजको आवश्यकता रहेको समेत भन्दै सरोकारवालाहरुले यसको समेत राज्यको ध्यान केन्द्रीत गरेका छन् ।