काठमाडौ, २१ भदौ । उर्जा मन्त्री राधा ज्ञवालीले लामो समयदेखि लाईसेन्स लिएर उत्पादन नगरी झोलामा खोला बोकेर हिड्नेको लाईसेन्स रद्द गर्न अख्तियारले दिएको निर्दैशन यथाशिघ्र चाँडो कार्यन्वयन गर्ने चेतावनी दिनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा मन्त्री ज्ञवालीले प्रधानमन्त्रीसँगको भेटवार्तापछि छानविन शुरु हुने पनि जानकारी दिनुभयो ।
त्यसैगरी कार्यक्रममा मन्त्री ज्ञावलीले भारतसँग भएको उर्जा व्यापार सम्झौता (पीटीए)ले मुलुकको विकासको ढोका खोलेको विश्वास व्यक्त गर्नुभयो ।
उहाँले एमाओवादीसहित सबै राजनीतिक दलहरुको सहमतिमा पीटीए गरेको जानकारी दिदै सम्झौतापछि नेपालको उर्जा विकासमा भारतसहित चीन र दक्षिण एसियाको लगानीको ढोका खोलेको बताउनुभयो ।
उर्जामन्त्री ज्ञावलीले उक्त सम्झौताले उर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी समेत आर्कषित हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले उद्योग विकास सम्झौता (पीडीए) गर्ने तयारी समेत भइरहेको बताउँनुभयो ।















प्रतिक्रिया