१९ कार्तिक २०८३, बिहिबार

महिला मानवअधिकार रक्षकमाथि पृत्तसत्तात्मक समाज हावीः मोहना अन्सारी

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohana-ansari

काठमाडौं, १४ मंसिर । संरचनागत असमानताको सम्बोधन तथा महिला मानवअधिकार रक्षकहरुको पहिचान र सम्मान विषयक राष्ट्रिय अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारीले महिला मानवअधिकार रक्षकहरु माथि हुने हिंसा पनि राज्य र यसका संरचनाले सही सम्बोधन गर्न नसकेको कारण निरन्तर रुपमा घटनाहरु भैरहेको बताउनुभयो । महिला हिंसा न्युनीकरणको लागि निरन्तर पैरवी गर्ने महिला मानव अधिकार रक्षकहरुमाथि पृत्तसत्तात्मक सामाजिक संरचना अझै हावी रहेको बताउनुभयो ।

त्यस्तै, महिला बालबालिका सेवा निर्देशनालयकी प्रहरी उपरीक्षक दुर्गा सिंहले केहि अपवाद घटना बाहेक अरुमा धेरै सक्रिय रुपमा अनुसन्धान गरेको र घटनाको वास्तविकतामाथि न्यायको पहल गरेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीले महिला मानवअधिकार रक्षकहरु र देशका प्रमुख निकायमा रहेका महिलाहरुले गरेको उल्लेखनिय कार्यहरुको उजागर अहिलेसम्म पनि नेपाली सञ्चार माध्यमले नगरेको र नेपाली सञ्चार जगत महिलामुखि नभएको बताउनुभयो ।

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी अध्यक्ष सृजना पुनले महिला अधिकारको सवालमा राज्यले ध्यान पुर्याउनुपर्ने र एकदिन मात्र होइन यो निरन्तर पैरवीको खाचो रहेको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा धादिङ, कञ्चनपुर र बाकेमा भएको महिला मानव अधिकार रक्षकहरुमाथि भएको घटनाको प्रस्तुति गरिएको थियो, भने महिला मानव अधिकार रक्षकहरुले संरचनाको असमानताको कारण सामना गर्नु परेका चुनौतिहरुको प्रकाश पारिएको थियो ।

यसैगरि १२ औ अन्तर्राष्ट्रिय महिला मानव अधिकार रक्षक दिवसको अवसरमा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जलको आयोजनामा मंगलवार महिला अधिकारको सवालमा कार्य गर्ने संघ संस्थाहरुले संयुक्तरुपमा वृहत र्याली गरि सरकारलाई विभिन्न बाहनामा महिला माथि हुने हिंसा अन्त्य र विभेदकारी कानून संशोधन सहितको दवाव दिएका थिए । नेपालमा औपचारिक रुपमा सन २००४ देखि नोभेम्बर २९ का दिन यो दिवस मनाउने गरिएको छ ।