१९ कार्तिक २०८३, बिहिबार

राप्रपा महिला सङ्गठनको अध्यक्षमा कुन्ती शाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kunti-shahi

काठमाडौँ, १४ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला समिति तथा भ्रातृ सङ्गठनको एकता प्रक्रिया सुरु गरिएको छ ।

राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकता भएपछि दुवै पार्टीका जनवर्गीय सङ्गठनलाई गाउँ, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर एकीकृत गर्न लागिएको हो ।

तत्कालीन राप्रपा नेपाल र राप्रपा निकट महिला सङ्गठनको काठमाडौँमा बसेको बैठकले कुन्ती शाहीलाई नयाँ राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । त्यसैगरी नीना भेटवाललाई सहअध्यक्ष बनाइएको छ । यसअघि शाही राप्रपा नेपाल र भेटवाल राप्रपा निकट महिला सङ्गठनका अध्यक्ष हुनुहुन्थ्यो ।

सोही बैठकले मौजुदा कार्यसमिति विस्तार गरी २०१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय समेत गरेको छ । राप्रपाले यही मङ्सिर २० गतेसम्म ५० जिल्लामा पार्टी एकता गर्ने कार्यक्रम बनाएको छ । रासस