काठमाडौ । करिव तीन बर्ष बिश्राम लिएका मदन घिमिरे फेरी चलचित्र निर्देशनमा जुर्मुराएका छन् । ‘ब्वाईफ्रेण्ड’ चलचित्र मार्फत उनी निर्देशनमा पुन : क्रियासिल हुन लागेका हुन् ।
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभमुर्हत समेत गरिएको छ । चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले क्यामर सुइज अन, पत्रकार राजन घिमिरेले नरिवल फुटाएर गरिएको मुर्हतको निर्देशन चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्काले गरेका थिए । कार्यक्रममा कलाकार सरोज खनाल ,महिमा सिल्वाल र पुष्कर रेग्मीेले चलचित्रको मुर्हत सट दिए ।
बुढाथोकी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा प्रस्तुतकर्ता सुर्य बुढाथोकी रहेको चलचित्रका निर्माता कृष्ण खनाल, कार्यकारी निर्माता शैलजा श्रेष्ठ रहेका छन् भने निर्माण सहयोगीमा प्रविण बिष्ट, केशव घिमिरे रहेका छन् । चलचित्रमा सरोज खनाल, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनम थापा, श्याम मिश्र, देवी भण्डारी, बम्जनमञ्जु श्रेष्ठ, कृष्ण खनाल, शुक्र बहादुर बम्जन, पवन खनाल, प्रविण बिष्ट लगायतको अभिनय रहनेछ ।
युवा पिडिमा मौलाएको ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड बनाउनेमात्र नभएर अभिभावकले आफ्ना छोरा, छारी प्रति व्यवास्था गर्दाको परिणम कस्ता हुन्छ भन्ने बिषयलाई चलचित्रले आफ्नो कथा बनाएको निर्देशक मदन घिमिरेले बताए । कर्मसियल चलचित्र निर्देशनमा अलग्गै परिचय बनाएका घिमिरेले यो चलचित्र पनि कर्मसियल नै हुने जानकारी दिए ।
मौनता श्रेष्ठको लेखन रहेका चलचित्रमा टंक बुढाथोकी र सोनाम शेर्पाको संगीत, शंकर महर्जनको द्धन्द्ध र पुनम राईको नृत्य रहनेछ ।















प्रतिक्रिया