डोटी, १४ मंसिर । डोटीको जिल्ला सदरमुकाम सिलगढीबाट झण्डै तीन घण्टाको सवारी दुरी टाढा रहेको मुडभरा गाविसको एक गाउँमा जिल्लाका प्रमुख व्यक्तिहरु पहिलो पटक पुगेको भन्दै खसीयालीमा खसी काटेर भोज सहित स्वागत गरिएको छ ।
पक्की सडकको झण्डै डेढ घण्टाको यात्रा र त्यति नै कच्ची सडकको सवारी यात्रापछि पुग्न सकिने मुडभराको वडा नं. ९ खन्याडीमा जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रमुख एवं प्रतिनिधी र पत्रकारहरुको टोली पहिलो पटक पुग्दा भोजसहित स्वागत गरिएको हो ।
जिल्लाको विशेष टोली गाउँ पुगेकोमा भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक एवं स्थानीय बासिन्दा गणेश बहादुर कठायतले खुशी व्यक्त गरे । उनले भने–‘मलाई झण्डै ४० वर्षको उमेर भयो, यस अवधीमा स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी लगाएतका जिल्लाका प्रमूख सरोकारवालाहरु सहितको खन्याडीमा उपस्थिती पहिलो पटक हो, यस कारण म धेरै खुशी व्यक्त गर्दै स्वागत गर्न चाहन्छु ।’
सदरमुकामबाट आएकाहरूलाई खसी काटेर मासु, सेल, पुरी लगायतका परिकारको भोज सहित स्वागत गरेको जनाइएको छ ।













प्रतिक्रिया