१९ कार्तिक २०८३, बिहिबार

ड्रोन क्यामरा उडाउने तीन अमेरिकी नागरिक पक्राउ

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

drone2

फलेवास (पर्वत) १३ मङ्सिर । कुश्मा बजारमा ड्रोन क्यामरा उडाएको आरोपमा प्रहरीले तीन अमेरिकीलाई आज पक्राउ गरेको छ ।

बडगाउँस्थित मुलुककै अग्लो झोलुङ्गे पुल वरपर ड्रोन क्यामरा उडाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रोबर्ट माइकल केम्पटन, हल स्पेन्सर ह्यारिसन र लाउरा डेभिड ओस्र्बन छन् ।

उनीहरु मुक्तिनाथबाट पोखरा फर्कने क्रममा अग्लो पुलको अवलोकन गर्न यहाँ आएका थिए । प्रहरीले ड्रोनबाट खिंचेका सामग्री नष्ट गर्न लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शेखर खनालले बताउनुभयो । रासस