१९ कार्तिक २०८३, बिहिबार

सरकारविरुद्ध प्यूठानमा प्रदर्शन, पाँच नम्बर प्रदेश नटुक्राउन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kapilbastu-1

– शशिधर भण्डारी

प्यूठान, १२ मंसिर । सरकारले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याउने प्रस्ताव लिए सशक्त आन्दोलन गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

सोमबार बिहान विद्यार्थी संघसंगठनले विरोध र्याली निकालेर बाग्दुला बजार परिक्रमा गर्दै कुनै पनि हातलमा प्रदेश नं. ५ लाई संविधानमा टुक्राउन नमिल्ने भन्दै संशोधनको नाममा अलग्गाउन खोजे कडा संघर्ष गर्न तयार रहेको विद्यार्थी नेताहरुले बताएका छन् ।

kapilbastu

प्रदर्शनमा अनेरास्ववियू का केन्द्रिय सदस्य विनोद भण्डारी, जिल्ला कोषाध्यक्ष दिल बहादुर दशौदी, अनेरास्ववियू क्रान्तिकारीका जिल्ला सचिव अच्युत गौतम, नेबिसंघका जिल्ला अध्यक्ष एनपी मगर, अनेरास्वबियु (छैठौँ)का सचिव सदद न्यौपाने, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थीका धनेश्वर पण्डित लगायतले सरकारले माग बेवास्ता गरे विद्यार्थीहरु जस्तो सुकै संघर्ष गर्ने चेतावनी दिएका थिए ।

प्रदेश नम्बर पाँचका रोल्पा, रुकुम, प्युठान, अर्घाखाँची, पाल्पा र गुल्मी तथा चार नम्बर प्रदेशबाट बाग्लुङलाई छुट्याएर सरकारले आठौं प्रदेश बनाउन प्रस्ताव गरेको छ ।