कपिलवस्तु, १३ मंसिर । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगरले ४२ अवैध गोरु पक्राउ गरेको छ ।
आइतवार साझ करिव ८ः३० बजे विद्यानगर गाविसको औरहवा गाउँबाट वरामद गरेको हो । अन्दाजी ७ लाख ५६ हजार मुल्य पर्ने सो गोरु भन्सार नगरी भित्राइएको थियो ।
भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउने क्रममा हाम्रो गस्ती टोलीले देखे पछी पक्राउ गर्न सफल भएको गुल्मका सशस्त्र प्रहरी नायक उपरीक्षक तारिक चन्द्र चौधरीले वताउनुभयो । चोरी निकासी नियन्त्रण गर्नका लागी नियमित गस्ती समेत वढाएको चौधरीले वताउनु भयो ।
सो स्थानबाट चोरी निकाशी हुने गरेको सूचना पछी मोवाईल गस्ती टोली खटाएका थियौ । अवैध गोरु नेपाल ल्याउदै गरेको पाईयो । हाम्रो टोली देखेपछी तस्करहरु गोरु छाडेर भागेको गुल्मका सशस्त्र प्रहरी निरीक्षक परशुराम पन्थीले वताउनुभयो । पक्राउ गरेको गोरु कृष्णनगर भन्सार कार्यालयमा बुझाईएको वताईएको छ ।













प्रतिक्रिया