१९ कार्तिक २०८३, बिहिबार

चारदिने बालमैत्री स्थानीय पत्रकारिता गोष्ठी सम्पन्न

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

talim

भक्तपुर, १३ मंसिर । चारदिवसीय बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमूखिकरण तालिम सम्पन्न भएको छ ।

मिरेष्ट नेपालद्वारा शुक्रबारदेखि आयोजित तालिममा नौ जिल्लाबाट विभिन्न सञ्चारमाध्यममा संलग्न १३ सञ्चारकर्मी र मीरेष्ट नेपालमा आबद्ध कर्मचारी तथा सञ्जालका सदस्यहरुको सहभागिता थियो ।

कार्यक्रमको शुभारम्भ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डे र भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत गणेश नेपालीको उपस्थितीमा बिषय जानकारीसहित भएको थियो ।

प्रशिक्षार्थीलाई मिरेष्टका महासचिव कुमार यात्रु, सहसचिव पाण्डे, मिरेष्टकै अध्यक्ष सुरेश आचार्य, युवालयका अध्यक्ष संजोग ठकुरी, स्थानीय विकास मन्त्रालयका उपसचिव बिजय सुवेदी, स्थानीय निकाय वित्तीय आयोगका पुरुषोत्तम नेपाल, स्थानीय निकाय विज्ञ डा. संग्रामसिंह तामाङ र नेपाल साप्ताहिकका स्तम्भकार राजकुमार रेग्मीले तालिम दिएका थिए ।

‘अब हरेक गाउँ या सहरमा बालमैत्री शासन अनिवार्य हुनुपर्नेछ । अनि मात्र समग्र देशको विकास हुनेछ’ भन्ने मूल मन्त्रका साथ आयोजित कार्यक्रमलाई युनिसेफ र स्थानीय विकास मन्त्रालयले सहयोग गरेका थिए ।