१९ कार्तिक २०८३, बिहिबार

चोरी भएको दतात्रय भगवानको मूर्ति पर्यटन मन्त्रालयले खोज्ने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tourism-mionistryकाठमाडौं, १३ मंसिर । जुम्लामा रहेको नेपालको प्रसिद्ध धार्मिक स्थल चन्दननाथबाबाबाट चार हात लामो दतात्रय भगवानको मूर्ति सहित बहुमूल्य बस्तु चोरी भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ध्यानाकर्षण भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएका हुन् । संस्कृति मन्त्री जीवनबहादुर शाहीले प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितसँग घटनाको विषयमा विस्तृत जानकारी लिनुका साथै घटनाको सिघ्र अनुसन्धान गरी घटनामा संलग्नहरुको खोजी कार्य तिव्र पार्न निर्देशन दिएको बताइएको छ ।

मन्त्री शाहीले घटनाको विषयमा पुरातत्व विभागलाई समेत आवश्यक निर्देशन दिएका छन् । गृह मन्त्रालयसँग मूर्ति चोरी भएको विषयलाई उच्च प्राथमिकताका साथ खोजबिन र अनुसन्धान तहकिकात गर्न समेत मन्त्री शाहीले अनुरोध गरेको बताइएको छ ।

घटनाको विषयमा छानबिन गरी तथ्य सत्य पत्ता लगाउँन र घटनामा संलग्नहरुलाई यथासिघ्र खोजबिन गरी पक्राउ गर्न गम्भीरताका साथ जिल्ला प्रशासन कार्यालय जुम्लाले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिको बैठक बोलाई आवश्यक कारबाही अगाडि बढाउने निर्णय भएको बताएको छ ।

उक्त स्थानमा सुरक्षा दिनुका साथै घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रशासन हुम्लाले जानकारी गराएको छ ।