१ कार्तिक २०८३, आइतबार

भारतविरुद्ध राष्ट्र संघमा ज्ञापन-पत्र, स्थायी सदस्यता नदिन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

greater-nepalकाठमाडौं, १३ मंसिर । भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्यताका लागि गरिरहेको प्रयास र मागदाबीविरुद्ध ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले संयुक्त राष्ट्र संघका महासचिवलाई ज्ञापन-पत्र पठाएको छ ।

मार्चाले संयुक्त राष्ट्र संघका महासचिव बान कि–मुनलाई सोमबार ११ बुँदे ज्ञापनपत्र पठाएको हो । मार्चाले मुनलाई नेपालस्थित संयुक्त राष्ट्रसंघका कन्ट्री डाइरेक्टरका प्रतिनिधि रामबाबु शाहलाई ज्ञापन-पत्र बुझाएको संयोजक फणिन्द्र नेपालले जानकारी दिए ।

प्रतिनिधि शाहले विषयको गम्भिरतालाई हेरेर ज्ञापन-पत्र आजै महासचिव बान कि–मुन समक्ष पठाइदिने जानकारी दिएका छन् ।

ज्ञापन-पत्रमा नेपालविरुद्ध भारतले गरेका ज्यादतीहरूको फेहरिस्तका साथै सार्कक्षेत्रमा सैनिक दम्भ देखाउने भारत संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा रहन योग्य नभएको जिकिर गरिएको छ ।

‘भारतलाई सुरक्षा परिषदमा पुगाउने हो भने उसले छिमेकी मुलुकहरूमाथि चरम ज्यादती गर्ने बैधानिक प्रमाण-पत्र पाएको ठहरिनेछ’, ज्ञापन-पत्रमा भनिएको छ ।