१९ कार्तिक २०८३, बिहिबार

प्रचण्ड रामदेवलाई भेट्न गएपछि बाबुरामको कडा प्रतिक्रिया

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattrai

काठमाडौं, १३ मंसिर । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले योगलाई धर्म, राजनीति र व्यापारको मिश्रण बनाउन नहुने बताएका छन् ।

वीरगञ्जमा योग शिविर चलाइरहेका भारतीय योगगुरु रामदेवको आर्शिवाद थाप्न राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म योगमा सहभागी भएर धर्म, राजनीति र व्यापार प्रवर्द्धन भइरहेकोमा चिन्ता व्यक्त गर्दै बाबुरामले त्यसको विरोध समेत गरेका छन् ।

prachanda-1

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘म योगविज्ञानको पक्षधर हुँ, ४५बर्षदेखि सामान्य योगाभ्यास गर्दछु! तर यो शुद्ध विज्ञानलाई धर्म, राजनीति र व्यापारको मिश्रण बनाउनु कति उपयुक्त हो ?’

आइतबार मात्रै प्रधानमन्त्री प्रचण्ड बाबा रामदेवको निम्तोमा बीरगञ्ज पुगेर असभ्य तरिकाले योगा गरेका केही विवादित तस्वीर सार्वजनिक सर्वत्र आलोचना भइरहँदा ट्वीटमार्फत बाबुरामले पनि विरोध जनाएका हुन् ।