१९ कार्तिक २०८३, बिहिबार

कम्युनिस्ट पार्टी (मार्क्सवादी)का अध्यक्ष ज्ञवालीको निधनमा एमालेद्धारा शोक व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-office

काठमाडौं, १३ मंसिर । नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी)का अध्यक्ष दुर्गाप्रसाद ज्ञवालीको निधनप्रति शोक व्यक्त गरेको छ ।

सचिव प्रदीप ज्ञवालीले सोमबार विज्ञप्ति जारी गरी माक्र्सवादीका अध्यक्ष ज्ञवालीको निधन नेकपा (एमाले) दुःखी भएको उल्लेख गरेका छन् ।

ज्ञवालीको ८२ वर्षको उमेरमा गत शनिबार भएको निधन भएको थियो ।

‘२०१३ सालबाट नेपाल कम्युनिस्ट पार्टीमा संगठित भई जीवनका ६० वर्ष वामपन्थी आन्दोलनमा समर्पित गर्नुभएका स्व. ज्ञवाली सरल जीवनका प्रतिनिधि पात्र हुनुहुन्थ्यो । ‘मधु गुरु’का नामले वामपन्थी आन्दोलनमा लोकप्रिय उहाँको निधनबाट आन्दोलनलाई ठूलो क्षति पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ- ‘एमालेका तर्फबाट दिवंगत ‘मधु गुरु’ प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र नेकपा (माक्र्सवादी) पार्टीमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।’