१९ कार्तिक २०८३, बिहिबार

भक्तपुरमा ट्याक्सी भाडा नदिई भाग्न खोज्नेसँग दुई लाख रुपैयाँ भेटिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-ghus-1भक्तपुर, १३ मंसिर । ट्याक्सी प्रयोग गरी भाडा नदिई भाग्न खोज्ने डोल्पा रिमी–२ घर भई चाबहिल बस्ने २१ वर्षीय तिर्थबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चावहिलबाट बा.१ व ४५९७ नम्वरको ट्याक्सीमा आएका उनले आइतबार राति मध्यपुर ठिमी नगरपालिका–१६ लोकन्थली चोकमा ट्याक्सी रोकी भाडा नदिई आफुले बोकेको व्याग छाडेर भाग्न लागेपछि ट्याक्सी चालकले प्रहरीले खबर गरे पश्चात खटिएको प्रहरी टोलीले बोहरालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा गलबन्दीमा बेरेर राखेको अवस्थामा नगद २ लाख १८ हजार रुपैया बरामद भएको थियो ।

बोहरालाई सोधपुछ गर्दा उक्त रकम डोल्पा पहाडा–९ घर भई लोकन्थली बस्ने २० बर्षीय बसन्त गुरुङले राख्न दिएको बताएपछि प्रहरीले गुरुङलाई समेत पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।