काभ्रे, १३ मंसिर । सिन्धुपाल्चोक नवलपुर–१ घर भई पाँचखाल नगरपालिका–१२ डेरा गरी बस्ने ३४ वर्षीय बिशाल न्यौपानेलाई प्रहरीले गाई काटेर मासु बिक्री गरेको अभियोगमा पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार न्यौपानेलाई प्रहरीले आइतबार सोही ठाउँ स्थित धोबीखोलामा गाई काटेर मासु भाग लगाइरहेको अवस्थामा अंदाजी १४ किलो गाईको मासु र मासु काट्ने चुप्पी १ थान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया