१९ कार्तिक २०८३, बिहिबार

दुबई जान खोज्दा फेसबुकबाटै लुटियो यी ७ जनाको तीन लाख रुपैयाँ!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisaकाठमाडौं, १३ मंसिर । वैदेशिक रोजगारीमा दुबई जान खोज्दा ७ जना फेसबुकबाटै लुटिएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार दोलखा मागापौवा २ घर भई काठमाडौंको बौद्ध बस्दै आएका दावा योञ्जनबाट तिलकबहादुर गुरुङ, दिनेश गरुङ, डोर बहादुर थापा, विमल चौधरी, प्रदिप कुमार गुरुङ, बुद्ध स्याङ्तान र चन्द्र प्रसाद बस्नेत क्षेत्री समेत ७ जना लाखौं रुपैयाँसहित लुटिएका हुन् ।

अभियुक्त योञ्जनले विभिन्न दैनिक पत्रपत्रिकाहरुमा विभिन्न मेनपावर कम्पनीहरुले वैदेशिक रोजगारी सम्बन्धी दिएको विज्ञापनहरुको फोटो खिची आफ्नो फेसबुक वालमा सम्पर्क नम्बरहरु राखी सम्पर्कमा आएका ७ जनाको झण्डै साढे तीन लाख रुपैयाँ लिएर फरार भएका थिए ।

योञ्जनबाट आफू ठगिएको उजुरी पीडितहरुले दिएपछि योञ्जनलाई महाशाखाको टोलीले आइतबार टेकुबाट पक्राउ गरेको छ ।

पक्राउ परेका योञ्जनले पीडितहरुलाई मेनपावर कम्पनीमार्फत दुबईमा सेक्युरीटी गार्डमा फ्री भिषा, फ्री टिकेटमा जाने भए ५५ हजारसम्म लाग्ने भन्दै आकर्षक तलबको प्रलोभन देखाई पासपोर्ट र ३ लाख ३४ हजार लिएर सम्पर्क विहिन भएको खुल्न आएको छ ।

प्रारम्भिक अनुसन्धानबाट निज दावा योञ्जन कुनै पनि मेनपावर कम्पनीसँग सम्बद्ध व्यक्ति नभएको र निजले ठगी गर्न विज्ञापनहरुको फोटो खिची सोही फोटोलाई सम्पादन गरी आफ्नो सम्पर्क नम्बरहरु राखी सोझा साजा व्यक्तिहरूलाई ठगी गर्ने गरेको पाइएको छ ।

योञ्जनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाईएको छ । अभियुक्त दावा योञ्जनले धेरै व्यक्तिहरूलाई त्यसरी ठगी गरेको हुनसक्ने देखिएकोले उक्त विषयमा समेत अनुसन्धान जारी राखिएको महाशाखाले जनाएको छ ।