१९ कार्तिक २०८३, बिहिबार

‘कार्यकर्तालाई रकम बाँड्न प्रचण्डले पूरक बजेटको तयारी थाले’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda

काठमाडौं, १३ मंसिर । सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नका लागि पूरक बजेट ल्याउन लागेको दाबी गरिएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालामा आएको बजेटबाट कार्यकर्ताले पैसा पाउन सक्ने अवस्था नभएपछि प्रचण्ड नेतृत्वको सरकार पूरक बजेट ल्याउन तम्सिएको दाबी गरे ।

यसअघि ओलीले एमालेले औचित्यविनाको पूरक बजेट कुनै हालतमा ल्याउन नदिने चेतावनी दिइसकेका छन् भने सरकारले पूरक बजेट ल्याउनेबारे राखेको प्रस्ताव एमालेले अस्वीकार गरिसकेको छ ।

युवा संघ नेपालद्धारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेः

अहिले सरकार बाटा बनाइराखेको छैन् । काम गरिरहेको छैन् । आयोजनाहरु अगाडि बढाइरहेको छैन् । फास्ट ट्रयाक बनाउन १० अर्ब रुपैयाँ छुट्याइएको छ त्यो फास्ट ट्रयाक बनाइरहेको छैन् । अरु कामहरु गरिरहेको छैन् । अब पूरक बजेट ल्याउने किनभने अलिकति पैसा छ त्यो पैसा आफ्नाहरुलाई बाडेर उडाउनुपर्यो । त्यसका निम्ती पूरक बजेट ल्याउने । संविधानको १२१ धारामा उपचार एकगरी दुईटा कुरा छ । भइरहेको आयोजनामा पैसा कम भयो अथवा बढी खर्च हुनेभएमा पूरक अनुमान पेस गर्न सकिने अर्काे कुरा छ यदि अर्काे नयाँ आयोजना गर्नुपर्यो भने गर्नसकिने अर्काे दुईमा छ । अर्काे दुई उपधारामा यदि बढी खर्च भयो भने त्यसलाई एडजस्ट गर्नका निम्ती पूरक बजेट सरकारले ल्याउनेछ भन्ने उल्लेख छ । यो बाहेक अरु कुनै अधिकार छैन् । तर, सरकार आफ्नाहरुलाई पैसा वितरणका निम्ती, अनियमितताका निम्ती, संसदबाट रित पुर्याएर मनपरीतन्त्र गर्नका निम्ती, देशलाई लुट्न लुटाउनका निम्ती अहिलेको अवस्था नयाँ पुरक बजेट ल्याउन खोज्दैछ । यो सरकारको काम पूरक बजेट ल्याउने होइन् निर्वाचन गराउने हो संक्रमणकाल टुंग्याउने हो । पूरक बजेट त्यो तीनवटा कुरामा मात्रै हुन्छ । त्यतिमात्रै यो सरकारको अधिकार हो । अब सरकार लागेकै छ फेरि काम नगर्ने पैसा वितरण गर्ने । यी कुराहरुको सन्दर्भ युवा शक्ति सक्रिय र चनाखो हुनुपर्छ ।