१ कार्तिक २०८३, आइतबार

कुवेती निर्वाचनमा प्रतिपक्षी समूह बलियो देखिए

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

qwait-elecatationकुवेत नगर, १३ मंसिर । कुवेतको संसदीय निर्वाचनमा इस्लामी प्रतिपक्षी समूह र उसको सहयोगीले करिब आधा स्थानमा विजय हासिल गरेको आइतबार आधिकारिक नतिजामा देखिएको छ । यसले तेलधनी यस खाडी मुलुकमा नयाँ राजनीतिक मोलमोलाइ उत्पन्न हुने आशङ्का बढाएको छ ।

प्रतिपक्षी तथा उसका सहयोगी दलले संसदको ५० स्थानमध्ये २४ स्थान प्राप्त गरेको निर्वाचन अधिकारीहरूले घोषणा गरेका छन् । पेट्रोलको मूल्य बढाइएको विषयमा विवाद भएपछि यस मुलुकमा निर्वाचन घोषणा गरिएको हो ।

निर्वाचन प्रणालीमा सरकारले प्रमुख सुधार गरेपछि चार वर्षसम्म निर्वाचन बहिस्कार गरेका इस्लामी, राष्ट्रवादी तथा सुधारवादी प्रतिपक्षीले यस निर्वाचनमा भाग लिएका छन् ।

प्रतिपक्षले विजय हासिल गरेका आधा स्थान मुस्लिम ब्रदरहुडसँग सम्बन्धित सालाफिस्ट समूहले प्राप्त गरेको बताइएको छ ।

यसअघिको संसदका आधा सदस्य यस निर्वाचनमा पराजित भएको देखिएको छ । तीन मन्त्रीले यस निर्वाचनमा भाग लिएका थिए भने दुई पराजित भए ।

निर्वाचित नयाँ संसदका एक तिहाई सदस्य युवा छन् भने उनीहरू राजनीतिमा नयाँ छन् । एएफपी