१ कार्तिक २०८३, आइतबार

पाकिस्तानमा सेना प्रमुख फेरिए, को हुन् बाजवा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-qamar-javed-bajwa

काठमाडौं, १२ मंसिर । पाकिस्तानमा सेना प्रमुख फेरिएका छन् ।

सेनापति राहिल शरिफले अवकाश पाएपछि प्रधानमन्त्री नवाज शरिफले लेफ्टिनेन्ट जनरल कमर जावेद बाजवालाई पाकिस्तानको प्रधानसेनापति नियुक्त गरेका छन् ।

काश्मिर मुद्दामा भारत र पाकिस्तान विवाद बढिरहेका बेला नयाँ सेनापतिको आगमनलाई दक्षिण एसियामा महत्वका साथ हेरिएको छ । खासगरी भारतले खुबै चासोका साथ हेरिरहेको सञ्चारमाध्यमले जनाएका छन् ।

को हुन् बाजवा ?

बाजवा पाकिस्तानी सेना मुख्यालयमा इन्स्पेक्टर जनरलको रुपमा कार्यरत रहेका थिए । पछिल्लो समयमा भारत र पाकिस्तानबीच भैरहेको द्धन्द्धलाई नजिकबाट नियालिरहेका बाजवा सीमामा सैनिक फौजलाई अभ्यास गराउने मध्येका एक कमाण्डर हुन् । भनिन्छ, पछिल्ला तीन वर्षयता पाकिस्तनामा चरमपन्थी हिंसामा केही कमी आएको छ, यसको नियन्त्रणमा बाजवाको ठूलो भूमिका रहेको छ ।