काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल एकसाता लामो जापान भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
आइतबार दिउँसो १ बजेर ५५ मिनटको थाई एयरको बिमानबाट नेता पौडेल जापान प्रस्थान गर्ने कार्यक्रम रहेको उहाँका निजी सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।
नेता पौडेलको जापान भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । उहाँले उनीहरूले आयोजना गर्ने कार्यक्रममा पनि भाग लिनु हुनेछ ।












प्रतिक्रिया