सोल, ११ मंसिर । हजारौ दक्षिण कोरियाली नागरिकहरुले शनिबार राष्ट्रपति पार्क गेन हे विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले राष्ट्रपति भवन वरिपरी मानव साङ्लो बनाएर घेरा हाली राष्ट्रपतिको राजिनामा माग गरेका थिए ।
स्थानीय समय अनुसार साँझ ४ बजे सोलको मध्य भागमा आयोजित प्रदर्शनमा झण्डै दुई लाख जनता सहभागी भएको अनुमान गरिएको छ ।
सोलको अदालतले प्रदर्शनका लागि निषेध गरेको निलो भवनदेखि २०० मिटर टाढासम्म -यालीका सहभागीले जुलुस निकालेका थिए । – सिन्ह्वा















प्रतिक्रिया