२ कार्तिक २०८३, सोमबार

गीतकार तथा गजलकार भगवती बस्नेतको गजल एल्बम ‘सत्प्रयास’को लोकार्पण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

satprayas

काठमाडौं । नेपाली गजलको क्षेत्रमा लामो समयदेखि अनबरत रुपमा लागि पर्दै आएकी नारी गजलकार तथा गीतकार भगवती बस्नेतको नयाँ गजल एल्बम ‘सत्प्रयास’को बिमोचन कार्य सम्पन्न भएको छ ।

विन्ध्यवासिनी म्यूजिक प्रालीको आयोजनामा राजधानीको अनामनगरको एक हलमा बिभिन्न संगीतकर्मी तथा दर्शकको बिचमा एल्बमको बिमोचन गरिएको हो ।

बरिष्ठ गजलकार तथा गीतकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संचारकर्मी तथा मुक्ताककार रमेश पौडेल, बुद्धि बिश्वकर्मा, किरण टि लिम्बु, भुपेन्द्र रायमाझी, जुगल डंगोल, गायक मनोजराज, गायिका निशा देसार, गायक तथा एस एल्बमका संगीतकार केशब पौडेल, निरा रानाभाट र भगवती बस्नेतका पति महोन बस्नेत लगायतले एल्बमको प्रगतिको शुभकामना बाढेका थिए ।

nisa-desar

एल्बममा ६ वटा गजल समाबेश गरिएको छ । प्रमोद खरेलको आवाजमा अपुरै भो, अन्जु पन्तको आवाजमा बसन्ती रङ्गभरी, केशव पौडेलको आवाजमा यो छातीमा, निशा देसारको आवाजमा प्रबासमा रुनु कति, निरा रानाभाटको आवाजमा काली कति राम्री र मनोजराजको आवाजमा नेपाली म लार्इ समेटिएको छ ।

सबैमा शब्द गजलकार भगवती बस्नेतको रहेको छ भने संगीत केशब पौडेलले दिएका छन । कार्यक्रमको बिसर्जन गर्दै विन्ध्यवासिनीका संचालक सुबास रेग्मीले भने ‘गीत संगीतको बिकास हुन नसक्नु सस्थामा रहेका अबुझ व्यक्तित्वहरुको बाहुल्यता हो ।’ संगै डा. बराललाई इंकित गर्दै भने ‘पुराना गीतकारहरुले रोएल्टी पाउदै छन अर्को वर्ष चिल्लो कारमा चढेको देख्न सकिन्छ ।अहिले आउनु भएका समकालीन साथीहरुलाई अरु दिन नसकेनी आफ्नो आङ ढाक्ने कपडा किन्न सकिने पैसा भने प्राप्त हुन् सक्छ ।’

एल्बमका केहि गीतहरु विन्ध्यवासिनी म्युजिककै युटुब च्यानलमा केहि दिन पछी हेर्न सकिने रेग्मीले बताएका छन