१९ कार्तिक २०८३, बिहिबार

रामेछापमा ४ महिनामा २३ महिला हिंसाका घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नवराज श्रेष्ठ

रामेछाप, ११ मंसिर । रामेछाप जिल्लामा पछिल्लो समयमा महिला हिंसाको घटनामा बृद्धि भएको पाईएको छ ।

जिल्लामा ४ महिनाको अवधिमा २३ महिला हिंसाका घटनाहरु भएका छन् । जसमध्य सबैभन्दा बढि घरेलु हिंसाका घटनाहरु धेरै छन् । महिला तथा बालबालिका कार्यालय रामेछापमा चालु आर्थिक बर्षको ४ महिनामा २३ वटा महिला हिंसाका घटनाहरु दर्ता भएका छन् । जसमा सबैभन्दा बढी घरेलु हिंसाका घटनाहरु रहेको महिला तथा बालबालिका कार्यालय रामेछापले जनाएको छ ।

महिला तथा बालबालिका कार्यालय रामेछापकी प्रमुख सत्यदेवी अधिकारीका अनुसार गत साउन देखि कात्तिक अन्तिमसम्म घरेलु हिँसाबाट पीडित भएको भनि ७ जना महिलाले कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

कार्यालयमा बहुविबाहका ५ वटा, कुटपीटका ३ वटा, हराएको २ वटा, आर्थिक लेनदेनको २ वटा र बलात्कार, यौनिक हिँसा र झगडाका १÷१ वटा घटना दर्ता भएका छन् । ती मध्ये कतिपय घटनमा दुवैपक्षलाई राखि छलफल गराई विवाद मिलाएर पठाएको उहाँले बताउनुभएको छ ।

त्यस्तै कही घटनाका पीडितलाई मनोसामाजिक सेवा प्रदान गरेको तथा गम्भिर प्रकृतिका घटनाहरु प्रहरीमा रिफर गरिएको कार्यालयले जनाएको छ ।