१ कार्तिक २०८३, आइतबार

वैदेशिक रोजगारीमा साउदी पुगेका रामचन्द्र डेढ वर्षदेखि जेलमा, अझै किन उद्धार भएन् ?

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sudarsan-timilsina

देश बिदेशमा छरिएर रहनु भएका बुबामुमा दाजुभाइ तथा दिदी बैनीहरुमा म सुदर्शन तिमल्सिनाको तर्फबाट एकमुष्ठ नमस्ते । सर्बप्रथम काभ्रे जिल्ला कुशादेबी गाबिस वडा नम्बर २ घर भई हाल साउदी अरबको बन्दी जीवन बिताइ रहेका रामचन्द्र तिमल्सिना बचाउ अभियानमा साथ दिनुहुने सम्पूर्ण परोपकारी मनका धनि मित्रहरुलाई हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

रामचन्द्र तिमल्सिना बचाउ अभियानलाई विभिन्न देशबाट सहयोग उठाउने शिलशिलामा सोचे भन्दा बढी रकम उठेको कुरा हामी सबैमा सर्वविदितै छ । तर, आजको दिनसम्म पनि उहाँ साउदी जेलको कष्टडीको पीडामा भएको खबरले हामी एकदम दुखी छौ साथै के कति कारणले अझै पनि उहाँको उद्घार हुन नसकेको हो नेपाल सरकारसंग सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन चाहन्छु । एउटा नेपाली रोजगारीको शिलशिलामा साउदी पुगेका तिमिल्सिनाले गाडी दुर्घटनामा पाकिस्तानी नागरिकको ज्यान गएको र मध्यपान सेबन गरी गाडी चलाएर दुर्घटना गराएको आरोपमा तिमिल्सिनालाई दोषी ठहर गरी साउदी अदालतले मृत्युदण्डको फैसला गरेता पनि मृतक परिवारले ब्लडमनी माग गरेपछि अदालतले तिमिल्सिनालाई ३ लाख साउदी रियल जम्मा गर्ने फैसला सुनाएको थियो ।

अदालतले मृतक परिवार र तिमिल्सिना बिच कुरा मिलाउदा दुबैबीच सहमति भएर ४५ दिन भित्र १ लाख २० हजार साउदी रियल जम्मा गर्ने सहमति भएको कुरा बाहिर आएको थियो ततपश्चात विभिन्न देशको नेपाली राजदूताबास मार्फत जताततै सञ्चार पुगेपछि सक्रियताका साथ रामचन्द्र बचाऔं अभियान पनि थालनी भयो । अनी स्वदेश तथा बिदेशमा छरिएर बसेका सहयोगी मनहरुले रामचन्द्रलाई बचाउनुपर्छ भन्ने मानबता जाग्यो । बिदेशमा कार्यरत गैरसरकारी संघसस्था, नेपाली राजदूताबास र आफ्नो अमुल्य रगत र पसिना बेचेर पनि कसैलाई बचाउनु पर्छ भन्ने भावनाका सहयोगी मनहरु, स्वदेशमा पनि आआफ्नो ठाउँबाट सहयोग गर्ने ब्यक्ती तथा संघ संस्थाप्रति तिमिल्सीना परिवारले आभार प्रकट गर्यो ।

रामचन्द्र तिमील्सिना बचाउ अभियानमा अलि नमजाका कुराहरु पनि सुन्नमा आयो जे जस्तो भएतापनि बाँकी भएको रकम रामचन्द्र जस्तै विभिन्न बिदेशी जेलमा जिबन बिताई रहेकाहरुको उद्दारमा लगाउने आवाज उठ्न जरुरी मैले देखेको छु । रामचन्द्र बचाउ अभियानबाट बचेको रकम त्यस्तो नहोस भन्न चाहान्छु । हामी सबैको हातेमालोबाट रामचन्द्र बचाउ अभियानवाट उठेको पैसा र राचन्द्रको उद्धारपछि बचेको रकम रामचन्द्र जस्तै कयौ वर्षदेखि जेल जीबन विताईरहेकाहरुको उद्दारमा लगाउन मेरो आँखाले उचित देखेको छु ।

अन्त्यमा
आजको दिनसम्म पनि रामचन्द्र तिमल्सिना साउदी जेलको कष्टदाई पीडामा भएको खबरले हामी एकदम दुःखी छौ साथै के कति कारणले अझै पनि उहाँको उद्घार हुन नसकेको हो नेपाल सरकारसंग सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन चाहन्छु । यो मेरो ब्यक्तिगत बिचारलाई सबैले साथ दिई फेसबुकको पाना मा शेयर गरिदिनु भएमा नेपाल सरकार समक्ष चाडो भन्दा चाडो पुगी सम्बन्धित निकायबाट समस्याको समाधान हुने थियो भन्ने बिश्वास लिएको छु । धन्यवाद ।

– सुदर्शन तिमल्सिना
राहदानी नम्बर ०७०५४७१३

भक्तपुर नगरकोट नगरपालिका– ७
हाल दोहा, कतार ।