२ कार्तिक २०८३, सोमबार

संविधान संशोधनको विपक्षमा मत हाल्नेलाई सेक्स अफर

30.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paola-saulino-italiy

एजेन्सी । मधेसका माग सम्बोधनका लागि भन्दै संविधान संशोधनको चर्चाले नेपाल अहिले तातेको छ । सत्तारुढ दल समर्थन जुटाउनमा कसरत गरिरहेका छन् भने विपक्षी दल राजनीतिक र कानूनी लडाइँको तयारीमा जुटेका छन् ।

यसै सन्दर्भमा इटालीमा पनि संविधान संशोधनकै विषय चर्चामा आएको छ । त्यहाँ संसदका विभिन्न अधिकार स्थानीय तहमा प्रत्यायोजन गर्नका लागि संविधान संशोधनको तयारी छ । यसका लागि जनमत संग्रह हुँदैछ ।

संविधानको संशोधनको विषयमा यति बेला इटालीमा पनि नेपालजस्तै पक्ष र विपक्ष देखिएका छन् । जसमा एक अभिनेत्रीले त विरोधमा उत्रिदै सेक्सको प्रस्ताव समेत ल्याएकी छन् ।

paola-saulino-italiy-1

बेलायती पत्रिका द सनका अनुसार अमेरिकाको लस एन्जलस बस्दै आएकी २७ वर्षकी पाओला साउलिनोले संविधान संशोधनका लागि डिसेम्बर ४ मा हुने जनमतसंग्रहमा ‘नो’ भोट अर्थात विपक्षमा मत हाल्नेहरुसँग यौनसम्बन्ध राख्ने अफर ल्याएकी हुन् । ‘नो’ भोट गर्नेहरु सबैसँग जनमतसंग्रह भइसकेपछि सेक्स गर्न दिने उनको वाचा छ ।

संविधान संशोधन गर्न नहुने पक्षमा रहेकी इटालियन मोडल पाओला सामाजिक सञ्जालमा न्यूड फोटो अपलोड गरेर पाओला चर्चामा आउँछिन् । ६ करोड जनसंख्या रहेको इटालीमा ‘नो’ भोट गर्ने सबैले पाओलासँग यौनकार्य गर्न पाउँछन् त ? भन्ने प्रश्नमा पाओलाले भनेकी छन्, ‘जसरी पनि म आफ्नो वाचा पुरा गर्नेछु ।’

paola-saulino-italiy-3paola-saulino-italiypaola-saulino-italiy-2