१९ कार्तिक २०८३, बिहिबार

रक्स्याहा शिक्षकको राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raksiखोटाङ, ११ मंसिर । जिल्ला शिक्षा कार्यालय खोटाङले मादक पदार्थ सेवन गरेर विद्यालय आएका सरस्वती मावि अर्खौलेका प्रअ डिकवीर राईलाई राजीनामा गराएको छ ।

कार्यालयले बिहीबार गरेको छड्ने अनुगमनका क्रममा प्रअ राई मापसे गरेर विद्यालय आएको थाहा पाएको थियो ।

विद्यार्थी सङ्गठनका प्रमुख एवम् प्रतिनिधि तथा पत्रकारको टोली लिएर छड्के अनुगमनमा निस्कनुभएका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसमक्ष राईले आगामी दिनमा गल्ती नदोहो-याउने भन्दै राजीनामा दिएका हुन् ।

छड्ने अनुगमन गर्दै अनियमितता गर्ने शिक्षकलाई कारबाही गर्ने अभियान थालेको कार्यालयले गत कात्तिक ३० गते सरस्वती आधारभूत प्रावि पोखरीका शिक्षक मीनबहादुर खत्री र यही मंसिर ६ गते नेर्पा–८ रामपुरस्थित जनता निमाविका शिक्षक लक्ष्मीप्रसाद राईलाई पनि राजीनामा गराएको थियो । रासस