१९ कार्तिक २०८३, बिहिबार

दलहरुले एउटै लक्ष्य संविधान कार्यान्वयन बनाउनुपर्छ: रेग्मी

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khilrajregmi-medकाठमाडौँ, १० मङ्सिर । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले राजनीतिक दललाई संविधान कार्यान्वयनको एउटै मात्र लक्ष्य बनाएर काम गर्न सुझाव दिनुभएको छ ।

नागरिक समूहले आज यहाँ आयोजना गरेको ‘राष्ट्रनिर्माणमा आम नेपालीको भूमिका’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले
संविधानको कार्यान्वयन गर्न सबैको ध्यान पुगोस्, अहिले ऐतिहासिक भुल गरेर पछि पश्चाताप गर्ने काम कसैबाट पनि नहोस् भन्नुभयो ।

सो अवसरमा नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले सबैभन्दा पहिला नेपाल र नेपालीको हितलाई प्राथमिकतामा राखी दल, धर्म, भाषाको पक्षमा वकालत गर्नु बुद्धिमानी हुने बताउनुभयो ।

उपरथी क्षत्री अभिनन्दित

सो अवसरमा उपरथी रमीन्द्र क्षत्री, पिएचडीलाई नागरिक अभिनन्दन गरिएको थियो । नेपाली सेनामा सहायक सेनानीबाट ३७ वर्षअघि प्रवेश गर्नुभएका क्षत्री हाल राष्ट्रिय सेवा दलका प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ ।

विसं २०६० भदौ ११ गते तत्कालीन विद्रोही पक्षको आक्रमणमा परी घाइते हुनुभएका क्षत्रीले २०६३ फागुनदेखि छ वर्षसम्म सेनाको प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

सेना सङ्गठनभित्र इमान्दार र प्रखर व्यक्तित्वको छवि बनाउनुभएका क्षत्रीले दर्जनौं राष्ट्रिय गीतको रचना गर्नुभएको छ । ह्विलचियरमा रहेर पनि राष्ट्र, राष्ट्रियता र सङ्गठनको विकास तथा विस्तारमा असाधारण योगदान दिएबापत उहाँलाई अभिनन्दन गरिएको आयोजक संस्थाले जनाएको छ । उक्त संस्थाले यसअघि अध्यक्ष रेग्मी र हास्यकलाकार मह जोडीलाई सम्मान गरेको थियो ।

सो अवसरमा अभिनन्दित व्यक्तित्व क्षत्रीले युवा पुस्तालाई राष्ट्र, राष्ट्रियताको सर्वाेपरि हितमा काम गर्न अघि बढाउनुपर्नेमा जोड दिनुभयो । समारोहमा आयोजक संस्थाका अध्यक्ष निगम हुमागाईं, गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष भवन भट्ट लगायतले राजनीतिक दलको छायामा नरहेका तर देशको विकास र हितमा मात्र ध्यान दिने सच्चा युवा पुस्ताको खाँचो अहिले मुलुकलाई परेको धारणा व्यक्त गर्नुभयो ।