१९ कार्तिक २०८३, बिहिबार

जुवाखालबाट समातिएका गाविस सचिवसहित ४ जुवाडे धरौटीमा छुटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

juwatassगुल्मी, १० मंसिर । गुल्मीको सदरमुकामस्थित एक होटलबाट पक्राउ परेका गाविस सचिव सहित ४ जना जुवाडे धरौटीमा छुटेका छन ।

बुधवार राती सदरमुकाम तम्घासको नयाँ बजारमा रहेको दिपक गेष्ट हाउसबाट पक्राउ परेका हस्तिचौर गाबिसका सचिव नरबहादुर अर्याल सहित गुल्मी दर्लिङ्ग २ का ५४ वर्षका दुर्गाबहादुर खत्री, अग्लुङ्ग ९ का ३० वर्षका रामु बिष्ट, छापहिले २ का ३६ वर्षका रेखा जिसी रहेका थिए । पक्राउ परेका गाविस सचिवसहित ४ जना जुवाडे शुक्रवार साँझ २ सय धरौटी बुझाउँदै छुटेका हुन ।

बुधवार रातीदेखि प्रहरी कार्यलय गुल्मीको हिरासतमा रहेका उनीहरुले सरकारी वकिल कार्यलयमा शुक्रवार २–२ सयका दरले धरौटी बुझाएर छुटकारा पाएको जिल्ला सरकारी वकिल कार्यलय गुल्मीले जानकारी दिएको छ ।

सरकारी वकिल कैलाश केसीका अनुसार जुवा ऐन २०२० अन्र्तगत पहिलो पटक २ सय जरिवाना गर्ने कानुन अनुसार उक्त कारवाही गरिएको हो । उनीहरुलाई प्रहरीले बिशेष सुराकीका आधारमा जुवाखेली रहेको अबस्थामा नगद सहित पक्राउ गरेके थियो ।

गुल्मी प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक भोला रावलका अनुसार उनिहरुको साथबाट करिव १ लाख नगद बरामद भएको थियो । बरामद रुपैया मध्ये १ हजारका ७१ वटा, ५ सयका ४६ वटा, १ सयका ४ वटा, ५० का ७ वटा र २० रुपयाका ५ वटा नोट खालबाट बरामत गरिएको प्रहरीले जनाएको छ । बरामद रकम भने राजश्वमा जम्मा हुने बताइएको छ ।