काठमाडौं, १० मंसिर । संविधान संशोधनको विषयले माहोल तात्तिएपछि रणनीति बनाउन नेकपा (एमाले)को स्थायी समितिको बैठक बस्दैछ ।
झक्तपुरस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा अहिले केही समयपछि बस्ने बैठकमा संविधान संशोधनका विषयमा छलफल केन्द्रित हुनेछ । ‘सरकारले संशोधनको प्रस्ताव अगाडि बढाउने भनेको छ’, स्रोतले भन्यो, ‘अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न अध्यक्ष ज्यूले बैठक बोलाउनु भएको हो ।’
माओवादी केन्द्र र नेपाली कांग्रेसले संविधान संशोधनका लागि दर्ताको समय लम्बाएर प्रमुख विपक्षी दल एमाले र मधेसी मोर्चासँग परामर्श गर्ने सहमति गरे लगत्तै ओलीले स्थायी समिति बोलाएका हुन् ।















प्रतिक्रिया