१९ कार्तिक २०८३, बिहिबार

दैलेखमा स्थापना भयो युवा सूचना केन्द्र

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dulli

– कमल शर्मा

दैलेख, १० मंसिर । युवाहरुको ज्ञान सिप र क्षमता बिकासका लागी युवा सुचना केन्द्र स्थापना गरिएको छ ।

सुचनाबाट बञ्चित हुदा युवाहरुले रोजगारी नपाउने र बिदेशीने युवाहरुमा कमी ल्याउने उद्देश्यले दैलेखमा युवा सुचना केन्द्र स्थापना भएको हो ।

युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत युवा बिभागले जारी गरेको निर्देशिका युवा सुचना केन्द्र संचालन तथा ब्यबस्थापन निर्देशिका २०७० र सेभ द चिल्ड्रेन युवा सुचना केन्द्र स्थापना र ब्यबस्थापन निर्देशिका २०७३ बमोजीम दैलेखको दुल्लु नगरपालीकामा पहिलो पटक युवा सुचना केन्द्र स्थापना गरिएको हो ।

मध्यपश्चिममा अझै पनि ३२ प्रतिशत गरिवी रहेको भन्दै त्यसको न्युनिकरणका लागी पनि सुचना केन्द्र महत्वपुर्ण भएकाले स्थापना गरिएको बताइएको छ । युवा सुचना केन्द्रको संचालन तथा ब्यबस्थापनका लागी प्रकाश बहादुर शाहाको अध्यक्षतामा बिभिन्न सरोकारवाला निकाय सहित ९ सदस्यीय ब्यबस्थापन समिति गठन गरिएको छ ।

दैलेखमा पहिलो युवा सुचना केन्द्र स्थापना गर्न सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र एभरेष्ट क्लव दैलेखको सहजीकरणमा संचालन भएको युवा सशक्तिकरण परियोजना अन्र्तगत उक्त युवा सुचना केन्द्र स्थापना भएको छ ।

नेपालको संबिधान २०७२ मा मौलीकहकका रुपमा सुचनाको हक राखिए पनि गाउँका युवाहरुले सुचना नपाउदा बेरोजगारी सिर्जना भएको भन्दै बेरोजगारीको समस्या सिर्जनाका लागी पनि सुचना केन्द्र महत्वपुर्ण हुने कार्यक्रम संयोजक टेकराज आर्चायले बताए ।