
काठमाडौं । पति श्रीकृष्ण श्रेष्ठको निधनपछि नायिका स्वेता खड्का पहिलोपटक नायक दयाहाङ राईसँग जोडी बाध्न लागेको खबर आएको छ ।
स्वेताले रियल लाइफमा नभई फिल्ममा दयाहाङसँग जोडी बाध्न लागेकी हुन् । दुई वर्षपछि फिल्म निर्माणमा फर्किन लागेकी स्वेता दयाहाङको नायिकाको रुपमा प्रस्तुत हुँदैछिन् ।
के तपाई दयाहाङलाई लिएर फिल्म निर्माण गर्न लागेको भन्ने प्रश्नमा स्वेताले भनिन्- ‘हो दयाहाङजी मेरो फिल्ममा मेरो जोडीको रुपमा प्रस्तुत हुँदैहुनुहन्छ । अहिलेलाई यति मात्रै खुलाउँ । बाँकी कुरा पत्रकार सम्मेलन गरेरै भन्छु ।’
यसअघि श्रीकृष्ण र स्वेता अभिनित फिल्म ‘कोहिनूर’ले झण्डै ९ करोडको व्यापार गरेको थियो । जून नेपाली फिल्म इतिहासमै उच्च थियो । फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका थिए । तर, फिल्म चल्दै गर्दा श्रीकृष्णको उपचारका क्रममा असमायिक निधन भएको थियो ।
अब स्वेताले निर्माण गर्ने फिल्म आकाश अथवा अरुले गर्ने भन्ने बारेमा खुलाइएको छैन् । स्वेताले यसअघि चलचित्र ‘कहाँ भेटिएला’बाट नेपाली फिल्मी क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनलाई श्रीकृष्णले नै छानेका थिए ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=yBsxwyWcgHQ















प्रतिक्रिया