– जीवन डाँगी
रोल्पा, ९ मंसिर । अखण्ड पाँच नम्बर प्रदेश सरोकार समिति रोल्पाले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।
१० गते बिहान ८ बजे युबा बिद्यार्थी र्याली, दिउँसो २ बजे प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र्यालीसहित, त्यस्तै ११ गते दिउँसो २ बजे महिलाहरुको र्याली गर्ने, १२ गते दिउँसो ठिक २ बजे १ घण्टा चक्काजाम गर्ने, १३ गते बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म आधा दिन चक्काजाम गर्ने, यसैगरि १४ गते बिहान ८ बजे देखि दिउसो ३ बजे सम्म यातायात, उद्योग, कलकारखाना, र होटेल बन्द गर्ने र १५ गते रोल्पा जिल्ला बन्द र बृहत बिरोध र्याली गर्ने कार्यक्रम सार्बजनिक गरेको नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष तथा समितिका सदस्य सचिब महेश न्यौपानले जानकारी दिनुभयो ।
यदि गर्दा पनि माग प्रति सरकार गम्भीर भएन भने थप आन्दोलनका कार्यक्रम सार्बजनिक गर्ने नेपाली कांग्रेस रोल्पाका किशोर कुमार आचार्यले बताउनुभयो । त्यस्तै, सरकारले आफुहरुलाई बल जबरबस्ती छुट्टउने कसरत गरे सशक्त आन्दोलनको आधिबेहरी ल्याउने नेकपा एमाले रोल्पाका अध्यक्ष हरि प्रसाद घर्तीले चेतावनी दिनुभयो । कुनै पनि हालतमा रोल्पा र प्युठानलाई साबिकै प्रदेशमा राख्नु पर्नेमा जोड दिनुभयो ।
सरकारले रोल्पा जिल्लालाई पनि पाँच नम्बर प्रदेश बाट छुट्टाउने प्रस्ताब ल्याउदै भन्ने हल्लाले रोल्पालीहरु आक्रोत भएका छन् । पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुमा सरकार बिरुद्ध बिभिन्न खालका प्रदर्शणहरु समेत भईरहेका छन् । मङगलबार देखि जिल्लामा क्रियाशिल राजनीतिकहरु र सरोकारवाला अन्य निकायको आयोजनमा बिरोध प्रदर्शण समेत गरिएको छ ।













प्रतिक्रिया