१९ कार्तिक २०८३, बिहिबार

सिरहामा एमालेका शीर्ष नेतालाई सागपातको माला लगाउने तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

सर्लाही, ९ मंसिर । नेकपा एमाले दुई नम्बर प्रदेश कमिटीको बैठकको तयारीको लागि स्थानीय पार्टी कमिटीहरु सक्रिय भएका छन । स्वदेशी उत्पादनमा आत्मनिर्भर वन्नु पर्ने सन्देश दिन स्थानीयवासीले नेताहरुलाई सागपात र तरकारीको माला लगाएर स्वागत गर्ने भएका छन ।

मसिर १३ र १४ गते हरिवन नगरपालिकाको घुकौलीमा गर्ने तयारी भएको छ । सिद्धार्थ टोलवासीको घर घरमा नेताहरुलाई राख्ने र स्थानीय गुम्वाको भवनमा वैठक गरिने जिल्ला अध्यक्ष रेवती पन्तले वताउनुभयो ।

त्यसै सन्दर्भमा आज नेकपा एमाले हरिवन नगर कमिटीको वैठकले अध्यक्ष चूडामणि वाग्लेको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश वैठक मुल व्यवस्थापन समिती गठन गरेको छ । समितीले विभिन्न उपसमिती वनाएर वैठक व्यवस्थापनको तयारी गरेको नगर सचिव प्रज्वल ढुंगानाले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला अध्यक्ष रेवती पन्त, सचिव वेची लुंगेली, पार्टी नेताहरु सुरेन्द्र लामा, विदुर प्याकुरेल, उत्तम परियार धन वहादुर मिक्चन लगायतले वैठकको तयारी सम्वन्धमा धारणा राख्नु भएको थियो ।

प्रदेश कमिटीको वैठक पार्टीका वरिष्ठ नेता झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम छ । महासचिव इश्वर पोखरेल लगायतले वैठकलाई सम्वोधन गर्नु हुने पार्टी अध्यक्ष पन्तले जनाउनुभयो । प्रदेश कमिटीका ८५ जना सदस्यले वैठकमा भाग लिनेछन ।

स्थानीयवासीले नेताहरुलाई घर घरमा राख्ने र घरकै खाना खुवाउने भएका छन । नेताहरुको स्वागतमा आफैले उत्पादन गरेका तरकारीका माला, सास्कृतिक कार्यक्रम, उद्घाटन सभा गरेर वैठकलाई रोमान्चक वनाउने स्थानीय तयारीमा जुटेका नेता सुरेन्द्र लामाको भनाई छ ।