१ कार्तिक २०८३, आइतबार

राष्ट्रपति कार्यालयमा यौन उत्तेजना हुने औषधि ‘भियग्रा’

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pak Geun-hyeलन्डन, ९ मंसिर । दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हेको कार्यालयमा यौन उत्तेजना जगाउने औषधि भियग्रा रहेको खुलासा भएको छ ।

राष्ट्रपति कार्यालयले यौन उत्तेजना बढाउने औषधी भियग्रा किनेको समाचारमा उल्लेख छ । यो विषयले दक्षिण कोरियामा चर्चाको विषय बनेको छ ।

विपक्षी सांसदले राष्ट्रपति कार्यालयले ३ सय ६० वटा भियग्रा क्याप्सुल किनेको सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा यसको व्यापक विरोध भइरहेको छ ।

राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति निकालेर पूर्वी अफ्रिकाको भ्रमणमा कार्यालयका कर्मचारी र राष्ट्रपतिका सहयोगीलाई ‘हाइ अल्टिच्यूड’ बाट बच्न ती भियग्रा किनेको जनाएको छ ।

मे महिनामा राष्ट्रपति हेले युगान्डा, केन्या र इथोपियाको भ्रमण गरेकी थिइन् । कार्यालयका प्रवक्ता जङ योङ कुकले भियग्रा चक्कीको प्रयोग गर्नु नपरेको बताए । – एजेन्सी