१९ कार्तिक २०८३, बिहिबार

उपप्रधानमन्त्री र प्रधानसेनापतिसहितको ३४ सदस्यीय टोली बाजुरा आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna-mahara

बाजुरा, ८ मंसिर । उपप्रधान तथा अर्थमन्त्री कृष्ण महरा नेतृत्वको टोली भोलि कोल्टी क्षेत्रको अवलोकन भ्रमणमा आउने भएको छ । कोल्टी क्षेत्रको विकास निर्माणको अवस्था र कर्णाली करिडोर सडकको निरिक्षण गर्न टोली बाजुरा आउने भएको हो ।

टोलीमा उपप्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महरा भौतिक निर्माण तथा यातायत मन्त्री रमेश लेखक, रक्षा मन्त्री बालकृष्ण खाँड, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवन बहादुर शाही, वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी, मुख्य सचिव डा. सोमलाल सुवेदी प्रधान सेनापति राजेन्द्र क्षेत्री लगायत ३४ जना रहेका छन् ।

३४ जनाको जम्बो टोली २ वटा हेलिकप्टर लिएर बाजुरा आउन लागेको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिए । पहिलो टोलीमा मन्त्री र मुख्य सचिव सहीत सचिवहरु आउने छन् । भने दोस्रो हेलिकप्टरमा पनि सचिव, सहसचिव पत्रकारहरु आउने बताइएको छ ।

बाजुरा आउनुको मुख्य उद्देश्य बारे जानकारी प्रशासनले पनि दिएको छैन् । प्रशासनका अनुसार उत्तेरी क्षेत्रको विकास निर्माणको अवस्था, खडेरीले निम्त्याएको संकट बारे बुझ्ने बताइएको छ । साटै सेनाले निर्माण गरिरहेको कर्णाली करिडोरको निर्माण अवस्थाको अनुगमन र बन्दै गरेको दानसाँघ हाट बजारको उद्घाटन गर्ने कार्यक्रम रहेको बुझीएको छ ।

उपप्रधानमन्त्री सहीत उच्चपदस्थ अधिकारीको जम्को टोली एकसाथ कोल्टी क्षेत्रमा आउने भएपनि कोल्टी बजारलाई रंगरोगन गरिएको बताइएको छ । टोली मंसिर ९ गते अर्थात भोलि दिउँसो १२ बजे कोल्टी आईपुग्ने बताइएको छ । भिआईपीको सुरक्षा व्यवस्था पनि कडाई पारिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

उपप्रधानमन्त्री सहितको टोलीलाई स्वागतका लागि सहायक प्रमुख जिल्ला अधिकारी भीम बहादुर शाही नेतृत्वको सरकारी टोली पनि कोल्टी पुगिसकेको छ । कर्णाली करिडोर सडक बाजुरा हुँदै हुम्लाको सिमकोट सम्म जोडिने छ । त्यस सडकको निर्माणका लागि नेपाली सेनाले जिम्मा लिएको छ । टोलिले भोलि नै मुगुको रारा ताल हुम्लाको सिमिकोट, जाजरकोट र डोल्पाको समेत अवलोकन गर्नु हुने कार्यक्रम रहेको बताइएको छ ।