
काठमाडौं, ८ मंसिर । दक्षिण कोरियामा राष्ट्रपति कार्यालयले यौन उत्तेजना बढाउने औषधि भियग्रा खरिद गरेको खुलासा भएपछि देशभर नयाँ तरंग पैदा भएको छ ।
दक्षिण कोरियामा महिला राष्ट्रपति छिन् । राष्ट्रपति पार्क ग्युन हेको निर्देशनमा राष्ट्रपति कार्यालयले ३ सय ६० वटा भियग्रा क्याप्सुल किनेको कुरा विपक्षी सांसदले सार्वजनिक गरेपछि सामाजिक सञ्जालसहित देशभर विरोध सुरु भएको हो ।
राष्ट्रपति कार्यालयद्धारा खण्डन
यता राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति निकालेर पूर्वी अफ्रिकाको भ्रमणमा कार्यालयका कर्मचारी र राष्ट्रपतिका सहयोगीलाई ‘हाइ अल्टिच्यूड’ बाट बच्न ती भियग्रा किनेको दाबी गरेको छ । गत मेमा राष्ट्रपति हेले युगान्डा, केन्या र इथोपियाको भ्रमण गरेकी थिइन् । कार्यालयका प्रवक्ता जङ योङ कुकले दक्षिण कोरियामा डाक्टरहरूले ‘हाइ अल्टिच्युड’बाट बच्न भियग्रा सेवन गर्नुपर्ने सुझाव दिएको तर, ती भियग्रा चक्कीको प्रयोग गर्नु नपरेको बताए ।
राष्ट्रपतिको पुरुष साथीसँग सम्बन्ध रहेको आरोप
बीबीसीका अनुसार राष्ट्रपति पार्कमाथि एक पुरानो पुरुष साथीसँग उनको सम्बन्ध रहेको आरोप लाग्दै आएको छ । कस्तो लुगा लगाउने, सरकारी कामकाजमा कस्तो निर्णय गर्ने विषयमा पनि राष्ट्रपति पार्क ति पुरुषबाट प्रभावित हुने गरेको दाबी स्थानीय सञ्चारमाध्यमले गर्दै आएका छन् ।















प्रतिक्रिया