१९ कार्तिक २०८३, बिहिबार

देश टुक्र्याउने सांसद शाहको अभिव्यक्तिपछि फोरमभित्र खैलाबैला

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘इस बार एक मारोगे तो हम दश मारेंगे’, – अभिषेक प्रताप शाह, सांसद। संघीय फोरम
‘इस बार एक मारोगे तो हम दश मारेंगे’, – अभिषेक प्रताप शाह, सांसद। संघीय फोरम

काठमाडौं, ८ मंसिर । संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवम् सांसद अभिषेक प्रताप शाहले देश टुक्र्याउने देश दश जना मार्नेसम्मका अभिव्यक्ति दिएपछि पार्टीभित्रै बिरोध सुरु भएको छ ।

सांसद शाह आवद्ध दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरसियाले अभिषेक प्रताप शाहलाई पार्टीभित्रको ‘अल्टर’ पात्र र प्रवृत्तिको संज्ञा दिएका छन् । उनले यस्ता पात्र र प्रवृत्तिले बेलाबखत पार्टी पंक्ति र नेतृत्वलाई अप्ठ्यारो पार्ने गरेको बताएका छन् ।

स्रोतका अनुसार सांसद शाहका पछिल्ला अभिव्यक्ति र टिकाटिप्पणीबाट अध्यक्ष यादवसमेत चिन्तित बनेका छन् । अध्यक्ष यादवले पार्टीका नेता तथा कार्यकर्ता र सांसदहरू आफ्नो मर्यादा र गरिमामा बस्न नसकेको भन्दै असन्तुष्टि जनाउने गरेका छन् । अबका दिनमा अध्यक्ष यादवले पार्टीलाई अनुशासित राख्न कुनै कसर बाँकी नराख्ने संकेत निकटका नेताहरूमार्फत दिएको स्रोतको भनाइ छ ।

‘फोरम नेपालका अभिषेक प्रताप शाह एउटा यस्ता ‘अल्टर’ पात्र र प्रवृत्ति हुन्, जो बेलाबखत पार्टी पंक्ति र नेतृत्वलाई अप्ठयारोमा पार्ने, सताउने र दुःख दिन कुनै कसर बाँकी राख्दैनन्’, सल्लाहकार चौरसियाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

तराईलाई अलग्याउनेदेखि तिमीले एक जना मार्‍यौ भने मैले दश जाना मार्छुसम्मका सन्देश दिएर सांसद तथा उपमहासचिव शाह एकाएक चर्चामा आएका थिए । शाहका अभिव्यक्तिहरूको पछिल्लो समय विवादका विषय बनेको छ ।