सिरहा, ८ मंसिर । सिरहाको गोलबजारबाट प्रकाशित अनुकल्प दैनिकका सम्पादक अर्जुन थपलियालाई प्रहरीले साइबर क्रमइमको अपराधमा मंगलबार साँझ पक्राउ गरेको छ ।
नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष विरुद्ध सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेखेको अभियोगमा उजुरी परेपछि साइबर क्रमइम शाखा काठमाडौंले गोलबजार मुख्य चौकमा रहेको पत्रिकाको कार्यालयबाट पक्राउ गरेको हो । सिरहा प्रहरीले यस विषयमा आफूलाई कुनै जानकारी नरहेको जनाएको छ ।
पत्रकार थपलियालाई पक्राउ गर्नेवित्तिकै प्रहरीले उनलाई काठमाडौं लगेको स्रोतले जनाएको छ ।
सिरहाका प्रहरी प्रमुख तथा एसपी श्यामलाल ज्ञवालीले पत्रकार थपलिया पक्राउ परेको विषयमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिनुभएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले पनि पक्राउ परेको कुरा आफूूलाई जानकारी नभएको बताउनुभयो ।












प्रतिक्रिया