१९ कार्तिक २०८३, बिहिबार

रुकुममा एक सय ५१ लिटर घरेलु अवैध मदिरा नष्ट

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madira

– अमरराज पुन

रुकुम, ७ मंसिर । जिल्ला प्रहरी कार्यालय रुकुमले जिल्लाको विभिन्न ठाउँबाट बरामत गरेको १ सय ५१ लिटर घरेलु अवैध मदिरा नष्ट गरेको छ ।

हिजो मात्र जिल्ला प्रहरी कार्यालय रुकुमबाट खटिएको प्रहरी टोलीले बरामत गरेको अबैध मदिरा आजमात्र जिल्लाका पत्रकार तथा उद्योग व्यवसायीको उपस्थितिमा नष्ट गरेको हो । रुकुमको सिम्ली र सदरमुकाम मुसिकोटको आसपासका बजार क्षेत्र सोलावाङ, बागबजार घ्यूखोला र सेरीगाउँ लगायतका विभिन्न ठाउँमा खटिएको प्रहरी टोलीले अबैध रुपमा बिक्रि भईरहेको मदिरा बरामद गरेको होे ।

जिल्लाको विभिन्न बजार क्षेत्रमा अनियन्त्रित रुपमा बिक्रि वितरण भईरहेको मदिरालाई पुर्ण रुपमा बन्द गर्नका लागि जिल्ला प्रहरी कार्यालय रुकुमले यो कार्यलाई थालनी गरेको रुकुमका निमित्त प्रहरी प्रमुख थमन बहादुर रजालीले बताउनुभयो ।

जिल्लामा मदिराको उत्पादन र अबैध बिक्रि वितरण कार्य तिब्र रुपमा भईरहेकोले उक्त बिक्रि बितरणलाई पुर्ण रुपमा बन्द गराउनका लागि रुकुम प्रहरीले यस कार्यलाई अघि बढाएको हो । बजार क्षेत्र र गाउँघरमा अबैध मदिरा व्यापार हुने गरेकोले जिल्लामा विभिन्न प्रकृतिका अपराधजन्य घटनाहरु समेत बढ्ने गरेकाले उक्त अबैध मदिरा व्यापार कार्य रोक्नलाई सो कार्य सुरु गरिएको हो ।

प्रहरीको यस कार्यसंगै अब जिल्लामा अवैध घरेलु मदिरा उत्पादन र बिक्रि बितरण कार्य पुर्ण रुपमा बन्द हुने भएको छ । मदिरा व्यापारका लागि भने बिक्रि बितरण केन्द्रले अब इजाजत पत्र लिएर मात्र मदिरा व्यापार गर्न पाईने प्रहरीले जनाएको छ । रुकुममा बढ्दै गईराखेको अबैध मदिरा कार्यलाई रोक्न ययसअघि रुकुम प्रहरीले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विभिन्न सरेकारवाला निकाय संग जिल्लामा छलफल गरेको थियो ।

बैठकले घरेलु मदिरा बिक्रि वितरण रोक्नका लागि मंसिर ५ गतेलाई अन्तिम समय तोकेको थियो । तर तोकिएको अन्तिम समय सकिंदा पनि जिल्लाका विभिन्न बजार क्षेत्रमा अबैध घरेलु मदिरा व्यापार भईरहेकोले जिल्लाबाट खटिएको प्रहरी टोलीले अबैध मदिरा बरामत गरेको थियो ।

अबदेखि जिल्ला सदरमुकाम लगायत रुकुमका प्रत्येक गाउँमा पनि घरेलु अबैध मदिरा नष्ट गर्ने र यस कार्यलाई निरन्तरता दिईने समेत प्रहरीले बताएको छ ।