२९ आश्विन २०८३, बिहिबार

ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिकर्ताद्वारा आन्दोलन फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gas-cylinders-nepal

काठमाडौँ, १९ भदौ । नेपाल एलपी ग्यास उद्योग सङ्घ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।

सरकार र ती तीन वटै संस्थाबीच ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज तुल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीको अध्यक्षतामा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगो, तीनै संस्थाका पदाधिकारी र उपभोक्ता हित संरक्षण मञ्चलगायत सरोकार भएकाहरुसँग आज अपराह्न भएको वार्तामा उक्त सहमति भएको हो ।

तीन वटै संस्थाले राखेका जायज माग पूरा गर्न सरकारले प्रतिबद्धता जनाउँदै त्यसनिम्ति नेपाल आयल निगम सञ्चालक समितिका सदस्यको संयोजकत्वमा वार्ता टोली गठन गर्न निर्देशन दिएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिन उनीहरू राजी भएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले राससलाई जानकारी दिनुभयो । रासस