रुपन्देही, ७ मंसिर । आफ्नै श्रीमतीलाई धारिलो हतियार छुरी प्रहार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–८ स्थित राजदुत होटलमा २ दिनदेखि बस्दै आएका पाल्पा भुबन पोखरी–४ घर भएका ३७ बर्षीय खुमानन्द पोख्ररेललाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पोखरेलले २७ बर्षीया श्रीमती गगां पौडेललाई भारतको आसाम जाउ भनेकोमा श्रीमतीले जान नमानेपछि छुरीले भुडी, घाँटी र बायाँ कुममा प्रहार गर्दा घाइते भएकोले लुम्बिनी अंचल अस्पतालमा लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया